Trending
Prev Story
Next Story

ढुवानीमा भाटभटेनीले थाल्याे ईभी प्रयोग, सबै गाडीलाई विद्युतीय बनाउने योजना

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले आफ्ना सम्पूर्ण पेट्रोलियम (डिजेल/पेट्रोल) सवारीसाधन विस्थापित गर्दै जाने योजना सहित विद्युतीय सवारीसाधन (ईभी) प्रयोग सुरु गरेको छ । इन्धनको बढ्दो मूल्य, व्यापार घाटा …

ढुवानीमा भाटभटेनीले थाल्याे ईभी प्रयोग, सबै गाडीलाई विद्युतीय बनाउने योजना

१२ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले आफ्ना सम्पूर्ण पेट्रोलियम (डिजेल/पेट्रोल) सवारीसाधन विस्थापित गर्दै जाने योजना सहित विद्युतीय सवारीसाधन (ईभी) प्रयोग सुरु गरेको छ ।

इन्धनको बढ्दो मूल्य, व्यापार घाटा र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्य सहित भाटभटेनीले यो हरित अभियान थालनी गरेको हो ।

हाल भाटभटेनीसँग डेलिभरी भ्यान, ट्रक र अफिसियल प्रयोगका गरी कुल १ सय ६३ वटा सवारीसाधन छन् । यी सबै गाडीलाई क्रमश: ईभीमा रूपान्तरण गर्ने भाटभटेनीको लक्ष्य छ ।

यसै योजना अनुसार पहिलो चरणमा तरकारी तथा फलफूल ढुवानी र होम डेलिभरीका लागि युरोपियन स्ट्यान्डर्ड (सीई सर्टिफाइड) का १२ नयाँ ‘फोटोन’ ब्रान्डका ईभी भ्यान सञ्चालनमा ल्याइएको छ ।

यसबाहेक म्यानेजर र डिपार्टमेन्ट हेडहरूले प्रयोग गर्ने १० वटा निजी कार पनि ईभीमा गइसकेका छन् भने पुराना २ वटा ईभी सञ्चालनमै छन् ।

वातावरणीय दायित्व र अर्थतन्त्रमा टेवा

भाटभटेनी अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ईभी प्रयोगलाई प्राथमिकता दिनुका पछाडि मुख्यतया वातावरणीय दायित्व र देशको अर्थतन्त्रप्रतिको चिन्ता रहेको बताए ।

आगामी पुस्तालाई बस्नयोग्य पृथ्वी हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताउँदै उनले ग्लोबल वार्मिङका कारण विश्वभरि घटिरहेका ठूला घटनाबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

‘आउँदो पुस्तालाई वातावरण सुरक्षित गरिदिनु र उनीहरूका लागि बस्न योग्य ठाउँ बनाइदिनु हामी सबै मानवजातिको दायित्व हो,’ गुरुङले भने, ‘त्यही महसुस गरेर हामीले यो कर्तव्य निर्वाह गरेका हौं ।’

यसका साथै अन्तर्राष्ट्रिय बजारमा रुस-युक्रेन र इरान लगायत देशमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको सन्दर्भ जोड्दै उनले नेपालको आफ्नै जलविद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिए ।

हाम्रो देश संसारकै दोस्रो ठूलो जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता भएको र अहिले नेपालमै यसको उत्पादन बढिरहेको अवस्थामा आफ्नै देशको बिजुली खपत गर्दा इन्धन आयातमा बाहिरिने पैसा जोगिने र सरकारलाई व्यापार घाटा कम गर्न पनि ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

ढुवानी खर्चमा भारी कटौती, किसान र उपभोक्तालाई फाइदा

डिजेल गाडीको तुलनामा ईभी सञ्चालन खर्च निकै सस्तो पर्ने र यसको प्रत्यक्ष फाइदा तरकारी उत्पादक किसान तथा उपभोक्ता दुवैलाई पुग्ने भाटभटेनीले जनाएको छ ।

भाटभटेनीले हाल पालुङ, मकवानपुर, चितवन, सिन्धुली र जनकपुर लगायत ठाउँका किसानको खेतबाटै ताजा तरकारी काठमाडौं ल्याउने गरेको छ ।

ढुवानी खर्चको तुलना गर्दै अध्यक्ष गुरुङले डिजेल गाडीमा जनकपुरबाट काठमाडौं आउन–जान सानो गाडीलाई १२–१३ हजार र ठूलो गाडीलाई २५–२६ हजार रुपैयाँसम्म इन्धन खर्च लाग्ने तर त्यही बाटो ईभीमा जाँदा जम्मा ११ सयदेखि १५ सय रुपैयाँको बिजुलीले पुग्ने तथ्यांक प्रस्तुत गरे ।

डिजेल गाडीमा ढुवानी गर्दा लाग्ने खर्च ईभी प्रयोगले भारी मात्रामा घट्ने र ढुवानीमा थोरैमात्र खर्च जोगिँदा पनि त्यसको सिधा फाइदा किसानलाई उत्पादनको उचित मूल्य पाउन र उपभोक्तालाई सस्तोमा ताजा तरकारी उपभोग गर्न पुग्ने उनले बताए ।

अहिले ल्याइएका १२ वटा फोटोनका भ्यान विशेषगरी किसानको खेतबाट ताजा तरकारी उठाउन र काठमाडौं उपत्यकाभित्रका ग्राहकको घरदैलोमा सामान आपूर्ति गर्न प्रयोग हुनेछन् ।

भाटभटेनीले आफ्नो वातावरणमैत्री अभियानलाई साना गाडीमा मात्र सीमित नराख्ने घोषणा गरेको छ । आफ्ना सबै १ सय ६३  सवारीसाधनलाई बिस्तारै विद्युतीय बनाउने योजना सुनाउँदै अध्यक्ष गुरुङले बजारमा ठूला विद्युतीय ट्रक आए भने त्यसमा पनि जान आफू एकदमै खुसी हुने बताए ।

निजी क्षेत्रको सबैभन्दा ठूलो रोजगारदाता र करदातामध्येको एक भाटभटेनीले देखाएको यो वातावरणीय र आर्थिक सचेतनाले नेपालको कर्पोरेट क्षेत्रमा नयाँ मानक स्थापित गर्ने र अन्य व्यापारिक घरानालाई पनि विद्युतीय सवारी प्रयोगमा जान प्रेरित गर्ने विश्वास गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
22h ago
केन्यामा महिला जननेन्द्रीयमा कसिलो बनाउने भन्दै एलर्जीको औषधि प्रयोग, औषधिको माग र मूल्य बृद्धि

केन्यामा महिला जननेन्द्रीयमा कसिलो बनाउने भन्दै एलर्जीको औषधि प्रयोग, औषधिको माग र मूल्य बृद्धि

काठमाडौं- महिलाको यौनाङ्ग कसिलो बनाउने र यौनसम्पर्कका बेला आनन्द बढाउने दाबी गर्दै एलर्जीको औषधि सेट्रिजिन प्रयोग गर्न सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि केन्याका स्वास्थ्य विशेषज्ञले यसलाई जोखिमप...

#प्रयोग #बनाउने
Compare →
Nagarik News
23h ago
'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताएका छन् ।

#विद्युतीय
Compare →
Ekantipur
2d ago
१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।

#ईभी
Compare →

Related Stories

Sports
Build #2612