Trending
Prev Story
Next Story

कोमोसँग युनाइटेडको फराकिलो हार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब कोमोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा कोमोले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। निको …

कोमोसँग युनाइटेडको फराकिलो हार

५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब कोमोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा कोमोले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। निको पाजले दोस्रो मिनेटमै गोल गर्दै कोमोलाई अघि बढाएका थिए।

दोस्रो हाफमा कोमोले थप तीन गोल गर्‍यो। टासोस डुभिकासले ४९औं मिनेटमा गोल गरे भने पाजले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

जाकोबो रामोनले ७६औं मिनेटमा कोमोका लागि चौथो गोल थपे।

म्यानचेस्टर युनाइटेडका जोसुआ जर्क्जीले इन्जुरी समयको पहिलो मिनेटमा गरेको गोल सान्त्वना बन्यो।

जितपछि कोमो ३ खेलमा ६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । युनाइटेड भने ३ खेलबाट ३ अंक जोडेर २०औं स्थानमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
जहाँ धेरै प्रशिक्षक असफल भए, त्यहाँ अब म्यानचेस्टर युनाइटेडलाई पुनः उठाउने ठूलो चुनौती पोचेटिन्होको काँधमा!

जहाँ धेरै प्रशिक्षक असफल भए, त्यहाँ अब म्यानचेस्टर युनाइटेडलाई पुनः उठाउने ठूलो चुनौती पोचेटिन्होको काँधमा!

काठमाडौं । इंग्लिस फुटबलको चर्चित क्लब म्यानचेस्टर युनाइटेडलाई पुनः पुरानै लयमा फर्काउने चुनौती अब प्रशिक्षक माउरिसियो पोचेटिन्होका लागि ठूलो परीक्षा बन्ने देखिन्छ। पोचेटिन्होले यसअघि विभिन्न क्लब...

#युनाइटेड #क्लब
Compare →
Arthasansar
1d ago
म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक...

#युनाइटेड #क्लब
Compare →
Ekantipur
5m ago
पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो नयाँ प्रशिक्षकमा मउरिसो पोचेटिनाको नाम औपचारिक रूपमा घोषणा गरेको छ ।

#युनाइटेड
Compare →

Related Stories

Technology
Build #2612