वासिङ्टन डीसी । अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट हटाएका छन् । सीएनएनका अनुसार संयुक्त चिफ्स अफ स्टाफअन्तर्गत रणनीति, योजना तथा नीतिका निर्देशक सिल्भियालाई हटाउनुको कारण खुलाइएको छैन ।
यो घटना हेग्सेथले वरिष्ठ सैन्य अधिकारीहरूलाई पदबाट हटाउँदै आएको शृङ्खलाको पछिल्लो उदाहरण हो । यसअघि सेना प्रमुख जनरल र्यान्डी जर्ज, जनरल डेभिड होडन, नौसेना सचिव जोन फेलान तथा साइबर कमान्ड र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख जनरल टिमोथी हग पनि पदबाट हटाइएका थिए । जर्ज र हेग्सेथबीच इरान द्वन्द्वका विषयमा मतभेद रहेको विवरण सार्वजनिक भएको थियो ।
Read full story at source ( ratopati.com )