काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ । काठमाडौंले ११.३ ओभरमा ७६ रन बनाउँदा सुमित महर्जन रनआउट भएका छन् । उनले ९ बलमा १० रन बनाए ।
काठमाडौँका लागि भीम सार्की २२ बलमा २३ रन बनाएर क्रिजमा छन् । उनले २ चौका प्रहार गरेका छन् । यसअघि राशिद खानले १७, स्मित पटेलले १३, हरिशंकर शाहले ९ र साम हेजलेटले १ रन बनाए ।
Read full story at source ( ratopati.com )