Trending
Prev Story
Next Story

हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

Nagarik News •
October 29, 2026 • 06:30 AM
3
3 reads 0 reactions

कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरेका थिए।

हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्रीहरू र प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु भएको छ।

कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरेका थिए।

सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका उपकुलपति तथा कुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी छन्। उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षासम्बन्धी प्रस्तुति दिए।

सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका असल अभ्यास, उपलब्धि तथा चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ।

साथै, प्रदेशहरूबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न छलफल गरिनेछ।

सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखिएका अवसर तथा चुनौती, संघ र प्रदेशबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी, प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति निर्माण गर्ने विषयलाई समेत सम्मेलनले प्राथमिकता दिने अपेक्षा गरिएको छ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन, उच्च शिक्षाको विकासमा सहकार्यका क्षेत्र पहिचान गर्न तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १२:१५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
बल्खु–दक्षिणकाली–हेटौँडा सडकखण्डमा राति सवारीसाधन चलाउन नपाइने

बल्खु–दक्षिणकाली–हेटौँडा सडकखण्डमा राति सवारीसाधन चलाउन नपाइने

काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडकखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारीका लागि निश्चित समय तोक...

#हेटौँडा
Compare →
Onlinekhabar
16h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →
Arthasansar
16h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#हेटौँडा
Compare →
Ekantipur
17h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#सम्मेलन
Compare →

Related Stories

Education & Youth
Build #2612