गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी नवलपुरको मध्यविन्दु नगरपालिका–५, बाघखोरका नौ जना र वडा नं. १ सेतापानीका तीन जना बेपत्ता भएका छन् । जीवित भेटिने आस मरेपछि सबै १२ जनाको असोज २ गते कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको थियो ।
अन्त्येष्टिमा नगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सरकारी कर्मचारी र स्थानीयको बाक्लो उपस्थिति थियो तर मृत घोषणा गरिएकाका परिवारका सदस्यले अहिलेसम्म मृत्युदर्ता प्रमाणपत्र भने पाउन सकेका छैनन् । “बेपत्तापछि खोजी कार्यमा स्थानीय र सङ्घीय सरकार तथा स्थानीय बासिन्दाले गरेको सहयोगप्रति हाम्रो कुनै गुनासो छैन, सक्दो प्रयास भएकै हो,” मृत घोषणा गरिएका बाघखोरका तेजबहादुर थारूका छोरा मुनाल थारूले भन्नुभयो, “मृत्युदर्ता प्रमाणपत्र पाउन नसक्दा बैङ्किङ कारोबारमा समस्या भएको छ, सरकारले अलि छिटो गरिदिए हुन्थ्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )