Trending
Prev Story
Next Story

ट्रम्पको निर्णयप्रति जेलेन्स्की असन्तुष्ट, रुसमाथि प्रतिबन्ध लगाउन माग

Nagarik News •
October 17, 2026 • 12:09 PM
2
2 reads 0 reactions

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन्।

ट्रम्पको निर्णयप्रति जेलेन्स्की असन्तुष्ट, रुसमाथि प्रतिबन्ध लगाउन माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित व्यापक प्रतिबन्धहरू अघि बढ्न नदिने निर्णय गरेको केही घण्टापछि जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन्।

ह्वाइट हाउसको यस निर्णयले युक्रेनमाथि रुसको आक्रमण तीव्र भइरहेका बेला र जाडो मौसम नजिकिँदै गर्दा युक्रेनको सुरक्षा जोखिम थप बढ्नसक्ने चिन्ता उत्पन्न गरेको छ।

जेलेन्स्कीले ट्रम्पको प्रतिबन्ध रोक्ने कदमलाई ‘दुर्भाग्यपूर्ण’ बताएका छन्। यद्यपि, पछिल्ला दिनमा युक्रेन र वासिङ्टनबीच तनाव बढ्दै गए पनि उनले अमेरिकी राष्ट्रपतिको प्रत्यक्ष आलोचना भने गरेका छैनन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्भाग्यवस्, अमेरिकामा ‘लिन्ड्से ग्राहम ऐन’लाई पूर्ण रूपमा बेवास्ता गर्ने निर्णय गरिएको छ। यस ऐनबाट रुसमाथि प्रभावकारी दबाब सिर्जना गरी युद्ध अन्त्य गर्न मद्दत पुग्ने अपेक्षा गरिएको थियो।’

उनले प्रस्तावित प्रतिबन्ध अझै कार्यान्वयन हुनसक्ने आशा व्यक्त गर्दै भने, ‘यो ऐनले ठूलो मद्दत गर्न सक्थ्यो र अझै पनि गर्न सक्छ। तर यसको कार्यान्वयन आवश्यक छ। यसलाई समर्थन गर्दै उठ्ने हरेक आवाज महत्वपूर्ण छ।’

युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण भएको किभको दाबी

जेलेन्स्कीले शनिबार रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी ठूलो आक्रमण गरेको पनि बताएका छन्। उनका अनुसार देशभरका १५ भन्दाबढी स्थानमा आक्रमण गरिएको थियो।

उनले भने, ‘रुसले विशेषगरी हाम्रो ऊर्जा क्षेत्रलाई लक्षित गर्दै व्यापक र निरन्तर आक्रमण गरिरहेको छ। यसले दुर्भाग्यबस गम्भीर परिणाम निम्त्याइरहेको छ।’

युक्रेनी वायुसेनाका अनुसार, रुसी सेनाले रातभर चार वटा क्रुज मिसाइल र ३३२ वटा आक्रमणकारी ड्रोन प्रहार गरेको थियो। तीमध्ये चारवटै मिसाइल र २८९ वटा ड्रोनलाई निष्क्रिय पारिएको वा खसालिएको वायुसेनाले जनाएको छ।

जाडो मौसम सुरु हुनुअघि युक्रेनको विद्युत् प्रणालीमाथि रुसी आक्रमण तीव्र हुनु युद्धको नियमित प्रवृत्तिजस्तै बनेको छ।

यस्ता आक्रमणले सर्वसाधारणलाई ताप, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक सेवाबाट वञ्चित गराउँदै युक्रेनको प्रतिरोध क्षमतामा असर पार्ने उद्देश्य राखेको युक्रेनी पक्षको भनाइ छ।

युक्रेनी अधिकारीले आगामी महिनामा थप आक्रमण गर्न रुसले ब्यालिस्टिक मिसाइलहरू भण्डारण गरिरहेको चेतावनीसमेत दिएका छन्।

जाडो नजिकिँदै गर्दा ऊर्जा पूर्वाधारमाथि हुने सम्भावित आक्रमण र अमेरिकी प्रतिबन्धसम्बन्धी निर्णयले युक्रेनको सुरक्षा अवस्थाबारे चिन्ता थपिएको छ।

प्रकाशित: ३१ आश्विन २०८३ १७:५४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्धः जेलेन्स्की

युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्धः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेटमा सताउने उद्देश्यले नयाँ प्रतिबन्धको सामना गरिरहेको छ।

#जेलेन्स्की #प्रतिबन्ध #युक्रेन
Compare →
Onlinekhabar
3h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#प्रतिबन्ध
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2612