मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपाको देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया लीला खत्री रहेकी छन् । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार इपाबाट भीमफेदी हुँदै हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा सोही बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )