Trending
Prev Story
Next Story

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय परराष्ट्रको रायमा निर्भर

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाका सम्बन्धमा संसदीय सुनुवाइ समितिले मागेको विवरण प्राप्त गर्न सकेको छैन । ‘हामीले परराष्ट्र मन्त्रालयसँग थप विवरण मागेका थियौं । थप विवरण परराष्ट्रबाट उपलब्ध भएको छैन’, समितिका …

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय परराष्ट्रको रायमा निर्भर

१२ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाका सम्बन्धमा संसदीय सुनुवाइ समितिले मागेको विवरण प्राप्त गर्न सकेको छैन । ‘हामीले परराष्ट्र मन्त्रालयसँग थप विवरण मागेका थियौं । थप विवरण परराष्ट्रबाट उपलब्ध भएको छैन’, समितिका सचिव तुलबहादुर कंडेलले भने ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा सांसदहरूले सुनुवाइकै क्रममा प्रश्न उठाएका थिए ।

२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । उठेका प्रश्नको चित्तबुझ्दो जवाफ र आवश्यक विवरण उपलब्ध नभएको भनेर त्यसदिन थापाबारे सुनुवाइ समितिले कुनै निर्णय गरेन ।

प्रस्तावित राजदूत थापाको स्थायी बसोबास अनुमतिपत्र त्याग गरेको विषयका साथै परिवारको पीआर, जापानमा घर–सम्पत्ति रहेको, त्यहाँको सरकारी निकायबाट तलब बुझेको तथा स्थानीय तहको सल्लाहकार रहेको भन्ने प्रश्न पनि उठेको थियो । यस सम्बन्धमा समितिमा उजुरी परेको थियो ।

यसबारे स्पष्ट हुन भनेर संसदीय समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँगै विरण मागेको हो । परराष्ट्र मन्त्रालयले पनि राजदूतावासमार्फत जापान सरकारसँग विवरण मागेको छ । तर, संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत पठाएको पत्रको जवाफ जापान सरकारबाट प्राप्त भएको छैन ।

जवाफ प्राप्त नभएको अवस्थामा के गर्ने भनेर सुनुवाइ समितिका सदस्यहरू अनौपचारिक संवादमा छन् । ‘जापान सरकारको कोषबाट तलब सुविधा लिए/नलिएको विषयमा पनि स्पष्ट नभइ अनुमोदन गर्ने विषयमा फेरि पनि प्रश्न उठ्न सक्दछ । यस्तोमा परराष्ट्रले के राय दिन्छ त्यो पनि महत्वपूर्ण हुन्छ’, एक सदस्य भन्छन्, ‘परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली दूतावाससँग विवरण मगाइएको र आउने सम्भवना छ भने केही दिन अझै कुर्न सकिन्छ । होइन भने परराष्ट्रयले के राय दिन्छ त्यो महत्वपूर्ण हुन्छ ।’

अनौपचारिक संवादबारे समितिका अर्का सदस्यका अनुसार बिहीबार र शुक्रबार दुई दिन थप विवरण प्राप्त हुन्छ कि भनेर कुर्ने समझदारी बनेको छ । ‘१९ गतेसम्म निर्णय नै गर्नुपर्छ । नत्र ४५ दिन कट्छ । ४५ दिन नकटाइ कुनै न कुनै निर्णयमा पुग्नुपर्छ’, ती सदस्य भन्छन्, ‘जापान सरकारबाट कुनै विवरण नआए पनि परराष्ट्रले केही न केही राय दिन्छ । अनुमोदनका लागि अगाडि बढ्न मिल्ने वा नमिल्ने भनेर केही न केही भन्ला । परराष्ट्रले भनिदिए सुनुवाइ समितिलाई पनि निर्णय गर्न सहज हुन्छ ।’

अर्थात्, सुनुवाइ समिति परराष्ट्र मन्त्रालयले प्रस्तावित राजदूतका सम्बन्धमा निर्णय गर्न मिल्ने वा नमिल्ने भन्नेबारे कुनै न कुनै राय दिने अपेक्षामा छ । तर, यसका लागि समेत कम समय छ । प्रस्तावित राजदूतबारे ४५ दिनभित्र निर्णय गरिसक्नुपर्ने बाध्यता छ ।

सरकारले असोज २ गते थापासहित १३ जनाको नाम राजदूतका लागि सिफारिस गरेको थियो । समितिले असोज ९ गते प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको थियो । प्राप्त उजुरी र सुनुवाइपछि २०८३ असोज २८ गते १२ जनाको विषयमा निर्णय लिइएको छ ।

थापाको सम्बन्धमा भने थप विवरण माग्ने निर्णय गर्दै अनुमोदन गर्ने वा नगर्ने विषयको निर्णय होल्डमा राखिएको थियो । सुनुवाइका क्रममा थापाले पीआर त्यागिसकेको बताए पनि उनकी श्रीमतीको नाममा पीआर कायमै रहेको र जापानमा श्रीमतीका नाममा घरसमेत रहेको उनले स्वीकार गरेका थिए ।

लामो समय जापानमा बसेर काम गरेको र जापानमा सम्पति समेत जोडेको अवस्थामा स्वार्थ बाझिन सक्ने भनेर थापामाथि प्रश्न उठेको छ । यसमा पनि सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयको राय खोजेको छ ।

परराष्ट्रको राय लिएर यही कातिक १९ गतेभित्रै निर्णय गर्ने सुनुवाइ समितिको तयारी छ । कातिक १९ गते समितिले नाम प्राप्त गरेको ४५ दिन पुग्दैछ । संविधानको धारा २९२ अनुसार प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत नियुक्त हुनुअघि संसदीय सुनुवाइ अनिवार्य छ ।

यस प्रयोजनका लागि संघीय संसद्का दुवै सदनका सदस्य रहने गरी १५ सदस्यीय संसदीय सुनुवाइ समिति गठन गरिएको छ । समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका तीन सदस्य रहन्छन् । तर, समितिले सुनुवाइ प्रक्रिया अनिश्चितकालसम्म लम्ब्याउन पाउँदैन । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ को उपनियम २ अनुसार सम्बन्धित निकायबाट नाम प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी निर्णयसहित सम्बन्धित निकायमा पठाउनुपर्छ ।

यदि समितिले ४५ दिनभित्र निर्णय दिन सकेन भने प्रस्तावित व्यक्तिको नाम स्वत: अनुमोदन भएको मानिन्छ । त्यसपछि नियुक्तिको बाटो खुल्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3h ago
जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ। आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मका लागि नयाँ रक्षा योजना बनाउने तयारी भइरहेको...

#जापान
Compare →

Related Stories

Opinion & Editorial
Build #2612