पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले निवासबाट नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको घटनापछि न्यायालयभित्रै भ्रष्टाचार, घूसखोरी र सेटिङको बहस चर्कियो । त्यसपछि अनुसन्धानको दायरा बिचौलिया भनिएका इनाम सापकोटा, राणाका निकट ठानिएका केही व्यक्तिहरू तथा केही पूर्वन्यायिक र सुरक्षा अधिकारीसम्म विस्तार भएको समाचार सार्वजनिक भए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राणाका भाइ प्रभुशमशेर राणासहित केही व्यक्तिका घरमा छापा मारेको समाचार पनि आयो । यद्यपि, यी घटनामा जोडिएका सबै व्यक्तिको संलग्नता वा कसुर अदालतबाट प्रमाणित भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )