Trending
Prev Story
Next Story

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

Onlinekhabar •
November 04, 2026 • 08:30 AM
2
2 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध …

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

सेवा प्रवेश गर्दा र बढुवाका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्‍कली रहेको उजुरी उनीविरुद्ध परेको थियो ।

उजुरीका आधारमा अनुसन्धान हुँदा भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट लिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रमाणपत्र जारी गर्ने निकायले दिएको सूचना अनुसार भट्टराईले पेस गरेको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
17h ago
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मोरङस्थित श्री आ...

#प्रमाणपत्र #नक्कली
Compare →

Related Stories

Business & Economy
Build #2612