Trending
Prev Story
Next Story

चक्रवात अर्णवका कारण भारतमा ७ जनाको मृत्यु, पूर्वी क्षेत्रमा भारी वर्षा

Ekantipur •
October 29, 2026 • 05:02 AM
2
2 reads 0 reactions

आन्ध्र प्रदेश र ओडिशामा १ लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवात कमजोर हुँदै गए पनि वर्षा र हवाई उडानमा अवरोध जारी छ ।

चक्रवात अर्णवका कारण भारतमा ७ जनाको मृत्यु, पूर्वी क्षेत्रमा भारी वर्षा

आन्ध्र प्रदेश र ओडिशामा १ लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवात कमजोर हुँदै गए पनि वर्षा र हवाई उडानमा अवरोध जारी छ ।

काठमाडौँ — चक्रवात अर्णवका कारण भारतको आन्ध्र प्रदेशमा ७ जनाको मृत्यु भएको छ । चक्रवातले पूर्वी भारतका विभिन्न क्षेत्रमा भारी वर्षा गराउनुका साथै यातायात सेवा प्रभावित पारेको छ । अधिकारीहरूले थप वर्षा हुन सक्ने भन्दै सतर्कता कायम राखेका छन् ।

रुख ढलेर, करेन्ट लागेर, पर्खाल भत्किएर तथा चक्रवातसँग सम्बन्धित अन्य घटनामा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । द इन्डियन एक्सप्रेस को लाइभ रिपोर्टअनुसार, चक्रवात अक्टोबर २९ मा बिहान २ बजेदेखि ८ बजेसम्मको अवधिमा आन्ध्र प्रदेश र यानमबीचको तटीय क्षेत्रमा प्रवेश गरेको थियो ।

पुडुचेरीको यानमनजिकै तटमा प्रवेश गरेपछि चक्रवात अति शक्तिशालीबाट शक्तिशाली चक्रवातमा कमजोर भएको थियो । बिहीबार साँझसम्म यो थप कमजोर भएर चक्रवाती आँधी र त्यसपछि गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ ।

आन्ध्र प्रदेश र ओडिशामा १ लाख ८० हजारभन्दा बढीको उद्धार

आन्ध्र प्रदेशका एलुरु, पश्चिम गोदावरी र विजयनगरमसहित १० भन्दा बढी जिल्लाका सयौँ गाउँ चक्रवातबाट प्रभावित भएका छन् । तल्लो भूभागमा २०० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले चक्रवातबाट भएको क्षतिको आकलन गर्न केन्द्रीय टोली पठाइदिन माग गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेखेका छन् ।

चक्रवात आउनुअघि आन्ध्र प्रदेश र ओडिशामा गरी १ लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

आन्ध्र प्रदेशका तीन विमानस्थलमा उडान बन्द

नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्ध्र प्रदेशका तीन विमानस्थलमा उडान सेवा स्थगित गरिएको छ ।

भुवनेश्वर विमानस्थलका निर्देशक प्रसन्न प्रधानले भने उडान सेवा अधिकांशतः सामान्य रहेको बताएका छन् । यद्यपि, भुवनेश्वर–जयपुर–विशाखापट्टनम मार्गमा सञ्चालन हुने नौ सिटे विमानको उडान रद्द गरिएको छ ।

ओडिशामा मानवीय क्षति नभएको मुख्यमन्त्रीको दाबी

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले पूर्वतयारी र उद्धार कार्यका कारण राज्यमा कसैको पनि ज्यान नगुमाउने लक्ष्य हासिल भएको बताएका छन् ।

कोरापुटका सांसद सप्तगिरि शंकर उलाकाले चक्रवातका कारण उत्पन्न अवरोधलाई ध्यानमा राख्दै जयपुर परीक्षा केन्द्रमा हुने ओडिशा सिभिल सर्भिसेजको मुख्य परीक्षा अर्को मितिमा सार्न ओडिशा लोकसेवा आयोगसँग आग्रह गरेका छन् ।

पश्चिम बंगालका केही क्षेत्रमा अक्टोबर ३१ सम्म भारी वर्षा हुने भारतीय मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । छत्तीसगढका सुकुमा, नारायणपुर, बिजापुर, दन्तेवाडा र राजनन्दगाउँसहितका जिल्लामा विद्यालय बन्द गरिएका छन् ।

तमिलनाडुमा माछा मार्न समुद्रमा फर्किए मछुवा

तमिलनाडुको थुथुकुडी जिल्लाका फाइबर डुङ्गामा माछा मार्ने मछुवा बिहीबार समुद्रमा फर्किएका छन् । चक्रवात अर्नबका कारण खराब मौसमको चेतावनी जारी भएपछि उनीहरू तीन दिनदेखि समुद्रमा गएका थिएनन् ।

समुद्री तटीय क्षेत्रमा जोखिमपूर्ण अवस्था उत्पन्न भएपछि सावधानीका रूपमा माछा मार्ने गतिविधि रोकिएको थियो ।

चक्रवात अर्नबको प्रभावले सिक्किमको राजधानी गान्तोक र आसपासका क्षेत्रमा वर्षा सुरु भएको छ ।

भारतीय मौसम विज्ञान विभागले राज्यका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । चक्रवातको अवशेष प्रणाली पूर्वी भारत हुँदै भित्री भूभागतर्फ अघि बढिरहेको छ ।

दिल्ली–एनसीआरमा वर्षा र चट्याङको चेतावनी भारतीय मौसम विज्ञान विभागले अक्टोबर २९ का लागि दिल्लीका मध्य, पूर्व, उत्तर, उत्तरपश्चिम र दक्षिणी क्षेत्रसहित गौतम बुद्ध नगर, गाजियाबाद र फरीदाबादमा वर्षा, मेघगर्जन र चट्याङको सम्भावना औँल्याउँदै पहेँलो सतर्कता जारी गरेको छ ।

चक्रवात कमजोर हुँदै गएपछि ओडिशाको रायगडा जिल्लामा बुधबार भारी वर्षा कम भएको छ । यद्यपि, आपत्कालीन उद्धार तथा प्रतिकार्य टोलीलाई सतर्क अवस्थामा राखिएको छ ।

रायगडाका जिल्ला अधिकारी आशुतोष कुलकर्णीका अनुसार बुधबार बिहान ८:३० बजेसम्मको पछिल्लो २४ घण्टामा जिल्लामा ४० मिलिमिटर वर्षा मापन गरिएको थियो । त्यसपछि साँझसम्म थप २६ मिलिमिटर वर्षा भएको थियो ।

वर्षा घटेसँगै तत्कालको जोखिम कम भएको कुलकर्णीले बताएका छन् । तर, फेरि वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनका विभिन्न निकायलाई तयारी अवस्थामा राखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#भारत #मृत्यु #जनाको
Compare →
Nagarik News
3h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#भारत #जनाको
Compare →
Onlinekhabar
18h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जनाको
Compare →
Bizshala
18h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2612