Trending
Prev Story
Next Story

डडेलधुरामा कांग्रेस देउवा पक्षको शनिबारदेखि अधिवेशन

Ekantipur •
October 28, 2026 • 02:32 PM
2
2 reads 0 reactions

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई समेत महाधिवेशनमा उपस्थितिका लागि आग्रह गरिएको जिल्ला कार्यसमितिका संयोजक डिल्लीराज जोशीले बताए ।

डडेलधुरामा कांग्रेस देउवा पक्षको शनिबारदेखि अधिवेशन

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई समेत महाधिवेशनमा उपस्थितिका लागि आग्रह गरिएको जिल्ला कार्यसमितिका संयोजक डिल्लीराज जोशीले बताए ।

डडेल्धुरा — कांग्रेस देउवा पक्षले डडेलधुरामा १४ र १५ कात्तिकमा आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अधिवेशनका लागि जिल्ला कार्यसमितिले नेता तथा कार्यकर्तालाई उपस्थित हुन आग्रह गरेको छ ।

कांग्रेस देउवा पक्षका डडेलधुरा संयोजक डिल्लीराज जोशीले अधिवेशन १४ कात्तिक बिहान ११ बजे डडेल्धुरा सदरमुकामस्थित पार्टी कार्यालय किसुनजी भवनमा हुने बताए । अधिवेशन २ दिनसम्म सञ्चालन हुने उनले जानकारी दिए ।

अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति तथा कार्यसमिति, सातवटै पालिका कार्यसमिति र ५२ वटै वडा कार्यसमितिका प्रतिनिधिलाई सहभागी हुन अनुरोध गरिएको छ । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई समेत उपस्थितिका लागि आग्रह गरिएको जिल्ला कार्यसमितिका संयोजक जोशीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
18h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पो...

#अधिवेशन #कांग्रेस #देउवा
Compare →
Onlinekhabar
1h ago
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

#अधिवेशन #कांग्रेस #देउवा
Compare →
Nagarik News
16h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#अधिवेशन #कांग्रेस #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612