काठमाडाैं । छोरीलाई उच्च शिक्षा पढाएर सक्षम बनाउने रहर थियो। तर, मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङसँग छोरीको सपना पूरा गर्ने आर्थिक सामर्थ्य थिएन। चार सन्तानको भविष्यको चिन्ताले पिरोलिएका उनलाई कान्छी छोरी सीमाना चेपाङको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्ता थियो। यही कठिन परिस्थितिमा नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्मासँग भएको भेटले सीमानाको भविष्यका लागि नयाँ ढोका खोलिदिएको छ।
पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले ‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत जिल्ला दौडाहामा रहेका डा. शर्मा मकवानपुर पुगेका बेला राक्सिराङ गाउँपालिका–८ का रामकृष्णसँग उनको भेट भयो।
Read full story at source ( kendrabindu.com )