Trending
Prev Story
Next Story

चिकित्सा शिक्षामा विगतका सहमति समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्ने सरकारको निर्णय

Nagarik News •
October 28, 2026 • 01:52 PM
2
2 reads 0 reactions

बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित पक्षसँग समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो।

1 / 3
Swipe Photos

सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित पक्षसँग समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो। बैठकमा हालसम्म कार्यान्वयन भएका सहमतिहरूको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारलगायतको सहभागिता रहेको थियो।

वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग गरेका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार बैठक आयोजना गरेको जनाइएको छ। सरकारले सहमति कार्यान्वयनको अवस्थालाई निरन्तर मूल्याङ्कन गर्दै बाँकी विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।

प्रकाशित: ११ कार्तिक २०८३ १९:३७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हुने विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवा...

#प्रभावकारी
Compare →
Onlinekhabar
2d ago
कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

बार्सिलोना। काभ्रेपलाञ्चोक कटुञ्जेका सागर धिताल (३९) को बाल्यकाल अभावै अभावमा बित्यो। गाउँमा बिजुली र सडक थिएनन्। विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। साँझ टुकीको उज्यालोमा पढ्नुपर्ने बाध्यता थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले कापी-कलम किन्नसमेत आमाले घरमा पालेका …

#चिकित्सा
Compare →

Related Stories

Politics & Governance
Build #2612