सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरमा चिरपट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय टेकबहादुर विकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कात्तिक १० गते बिहान करिब ११ः३० बजे विकले अजय परियारको घरको आँगनमा राजीको टाउको र बायाँ खुट्टामा चिरपट प्रहार गरेका थिए। प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )