Trending
Prev Story
Next Story

नारायणी डेभलपमेन्ट बैंकको नियमावली फेरिँदै, सीईओलाई अधिकतम दुई कार्यकाल

Bizshala •
October 18, 2026 • 03:27 PM
3
3 reads 0 reactions

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकालसम्बन्धी व्यवस्था...

नारायणी डेभलपमेन्ट बैंकको नियमावली फेरिँदै, सीईओलाई अधिकतम दुई कार्यकाल

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकालसम्बन्धी व्यवस्था संशोधन गर्ने भएको छ। बैंकले आफ्नो नियमावलीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया)सँग सामञ्जस्य कायम गर्ने उद्देश्यले नियमावलीका दुई महत्वपूर्ण व्यवस्था परिवर्तन गर्न लागेको हो।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियमावलीको नियम १२(ग) र नियम १५(३) संशोधन गरी आगामी साधारणसभामा प्रस्ताव पेश गरिनेछ।

हालको व्यवस्थाअनुसार बैंकका सञ्चालकको पदावधि चार वर्ष हुने र पदावधि सकिएका सञ्चालक पुनः निर्वाचित वा नियुक्त हुन सक्ने व्यवस्था छ। प्रस्तावित संशोधनमा सञ्चालकको कार्यकाल बढीमा चार वर्षको हुने र पुनः नियुक्त वा मनोनित हुन सक्ने व्यवस्था राखिएको छ।

तर स्वतन्त्र सञ्चालक भने एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्ने व्यवस्था स्पष्ट रूपमा समावेश गर्न लागिएको छ। बैंकले यो व्यवस्था बाफियामा रहेको प्रावधानसँग मेल खाने गरी संशोधन गर्न लागेको जनाएको छ।

त्यस्तै बैंकले प्रमुख कार्यकारी अधिकृतको कार्यकालसम्बन्धी व्यवस्थामा पनि सीमा स्पष्ट गर्ने भएको छ। अहिले सीईओको पदावधि चार वर्ष रहने र पुनर्नियुक्ति हुन सक्ने व्यवस्था रहेकोमा संशोधनपछि कार्यकाल बढीमा चार वर्ष हुने र सीईओ अर्को एक कार्यकालका लागि मात्र पुनर्नियुक्त हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यससँगै बैंकको सीईओ एउटै संस्थामा बढीमा दुई कार्यकाल अर्थात् अधिकतम आठ वर्षसम्म जिम्मेवारीमा रहन सक्ने व्यवस्था नियमावलीमै स्पष्ट हुने देखिन्छ।

बैंकले नियमावली संशोधनको मुख्य उद्देश्य प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार संस्थागत सुशासनसम्बन्धी व्यवस्था एकरूप बनाउनु रहेको उल्लेख गरेको छ। सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल स्पष्ट हुँदा नेतृत्वको निरन्तरता र सुशासनसम्बन्धी कानुनी प्रावधान कार्यान्वयनमा समेत सहज हुने अपेक्षा गरिएको छ।

बैंकले उक्त संशोधन प्रस्ताव साधारणसभाबाट पारित भएपछि आवश्यक नियामकीय प्रक्रिया पूरा गरी कार्यान्वयन गर्नेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
नारायणी नदी किनारमा छठ पर्वको तयारी

नारायणी नदी किनारमा छठ पर्वको तयारी

नवलपुर (नवलपरासी)- नारायणी नदीको किनारमा छठपर्वको तयारी सुरु गरिएको छ । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएसँगै नदी किनारमा छठको तयारी सुरु गरिएको हो । सत्य र अहिंसाप...

#नारायणी
Compare →
Nagarik News
23h ago
नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरू बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

#नारायणी
Compare →
Onlinekhabar
1d ago
एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

महिलासँगको सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले यससम्बन्धी घोषणा गरेको छ। सञ्चालक समितिका अनुसार कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न …

#सञ्चालक #सीईओ
Compare →
Arthasansar
1w ago
इन्ट्राडे ट्रेडिङ कारोबार बाटो खुल्दैः नियमावलीको मस्यौदा तयार, बोर्डद्वारा सुझाब माग

इन्ट्राडे ट्रेडिङ कारोबार बाटो खुल्दैः नियमावलीको मस्यौदा तयार, बोर्डद्वारा सुझाब माग

नेपाली पुँजी बजारमा लामो समयदेखि पर्खाइमा रहेको अन्तरदिवसीय (इन्ट्राडे) कारोबारलाई कानुनी दायरामा ल्याउने बाटो खुला हुने भएको छ । नेपाल...

#नियमावली
Compare →

Related Stories

Business & Economy
Build #2612