Trending
Prev Story
Next Story

अमेरिकी निर्वाचन आयोगको वेबसाइट ह्याक

Nagarik News •
October 28, 2026 • 09:05 AM
2
2 reads 0 reactions

यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको बताइएको छ।

अमेरिकी निर्वाचन आयोगको वेबसाइट ह्याक

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्‍याएका छन्।

यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको बताइएको छ।

आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ।

सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन्।

अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या भए पनि पुराना विवरण वेबसाइटमा हेर्न सकिनेछ।

एफइसीले उम्मेदवार तथा राजनीतिक समितिको खर्च अभिलेख राख्ने भए पनि निर्वाचन सञ्चालन गर्दैन। त्यसैले यो घटनाले मतदाताको मतदान गर्ने क्षमतामा असर पर्ने अपेक्षा गरिएको छैन।

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत कायम राख्न सक्ने वा नसक्ने निर्धारण गर्ने निर्वाचनअघि साइबर घटना भएको हो।

ट्रम्पले निर्वाचन निष्पक्ष भए परिणाम स्वीकार गर्ने बताउँदै आवश्यक परे राष्ट्रपतीय निषेधाधिकार प्रयोग गर्न सक्ने उल्लेख गरेका छन्।

उनले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरे।

निर्वाचनमा प्रतिनिधि सभाका सबै ४३५ र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ।

सीबीएस न्युजको सर्वेक्षणले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरेको छ। अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्य र आर्थिक चिन्ता मतदाताका प्रमुख मुद्दा देखिएका छन्।

डेमोक्रेट मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी देखिएकाले सहभागिताले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सर्वेक्षणले सङ्केत गरेको छ। एएनआई

प्रकाशित: ११ कार्तिक २०८३ १४:५० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
12h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#समस्या #अमेरिकी
Compare →
Hamro Patro News
1h ago
‘आन्दोलनका लागि तयार रहनुहोस्’ : एमाले कार्यकर्तालाई केपी ओलीको निर्देशन, निर्वाचनबाट पनि शक्ति देखाउने दाबी

‘आन्दोलनका लागि तयार रहनुहोस्’ : एमाले कार्यकर्तालाई केपी ओलीको निर्देशन, निर्वाचनबाट पनि शक्ति देखाउने दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी राजनीतिक आन्दोलन र निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। शनिबार एमाल...

#निर्वाचन
Compare →
Bizshala
1d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#अमेरिकी #ह्याक
Compare →

Related Stories

Politics & Governance
Build #2612