Trending
Prev Story
Next Story

इजरायलमा ७६ प्रतिशत मत गणना, बहुमत कसैको आएन

Ekantipur •
October 28, 2026 • 10:00 AM
3
3 reads 0 reactions

अरब दलहरू (जॉइन्ट लिस्ट र राअम) को सिट सङ्ख्या बढेर १९ पुग्‍ने देखिएको छ

इजरायलमा ७६ प्रतिशत मत गणना, बहुमत कसैको आएन

अरब दलहरू (जॉइन्ट लिस्ट र राअम) को सिट सङ्ख्या बढेर १९ पुग्‍ने देखिएको छ

काठमाडौँ — इजरायलको केन्द्रीय निर्वाचन आयोगले ७६.८ प्रतिशत मतगणना सम्पन्‍न भएको जानकारी दिएको छ । अहिलेसम्मको अवस्थाअनुसार  प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नेतृत्वमा रहेको गठबन्धनले ५४ सिट प्राप्त गर्ने देखिन्छ। त्यस्तै, गदी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी ब्लकले ४७ सिट हासिल गर्ने देखिन्छ ।

यस निर्वाचनमा अरब दलहरू (जॉइन्ट लिस्ट र राअम) को सिट सङ्ख्या बढेर १९ पुग्‍ने देखिएको छ । पार्टीगत रुपमा नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित पहिलो दल हुने देखिन्छ । तर अझै मतगणना जारी रहेकाले सिट संख्या फेरबदल हुनसक्छ ।

१ सय २० सदस्यीय इजरायलको संसद्मा बहुमत ल्याउनका लागि ६१ सिट आवश्यक पर्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
नेतान्याहूको सट्टा अरब दलहरूले आइजेनकोटलाई किन रोजे ?

नेतान्याहूको सट्टा अरब दलहरूले आइजेनकोटलाई किन रोजे ?

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको कसरत भइरहेका बेला अरब राजनीतिक दलहरूले पूर्वसेना प्रमुख गादी आइजेनकोटलाई समर्थन गरेका छन् । राष्ट्रपति इसाक हर्जोगले पनि उनलाई सरकार गठनका निम्ति आमन्त्रण गरेका...

#अरब #दलहरू
Compare →
Onlinekhabar
5d ago
इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय …

#अरब #इजरायल
Compare →
Nagarik News
5d ago
न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

#बहुमत #कसै
Compare →

Related Stories

World News
Build #2612