अघिल्लो दिनको तुलनामा बुधबार नेप्से १.२६ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ६४.०६ अंकमा उक्लेको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार ३३.२९ अंकले बढेको छ । मंगलबार करिब एक अंकले मात्र सुधारिएर बन्द भएको नेप्से बुधबार दोहोरो अंकले बढेको हो ।
अघिल्लो दिनको तुलनामा बुधबार नेप्से १.२६ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ६४.०६ अंकमा उक्लेको हो ।
सो दिन कारोबारमा आएकामध्ये २४१ कम्पनीको सेयर मूल्य बढ्दा ३५ वटाको घट्यो । बाँकी ३ कम्पनीको सेयर मूल्य स्थिर छ । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार बाहेक सबैको परिसूचक बढेपछि नेप्से दोहोरो अंकले बढ्न टेवा पुगेको हो ।
बुधबार कुल ६३ हजार ७ सय ४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार ५ सय ४८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो ।
बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले बढेको छ । प्राइम डिबेञ्चरको सेयर मूल्य सबैभन्दा बढी २.९६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा लिवर्टी इनर्जी सबैभन्दा अघि छ । प्रतिकित्ता २ सय ५० रुपैयाँका दरले यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।