Trending
Prev Story
Next Story

संसदीय चुनावअघि अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर आक्रमण

Ekantipur •
October 28, 2026 • 07:30 AM
3
3 reads 0 reactions

अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या

संसदीय चुनावअघि अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर आक्रमण

अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या

वासिङ्टन — अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्‍याएका छन् ।

रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ ।

आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन् ।

अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या भए पनि पुराना विवरण वेबसाइटमा हेर्न सकिनेछ ।

एफइसीले उम्मेदवार तथा राजनीतिक समितिको खर्च अभिलेख राख्ने भए पनि निर्वाचन सञ्चालन गर्दैन । त्यसैले यो घटनाले मतदाताको मतदान गर्ने क्षमतामा असर पर्ने अपेक्षा गरिएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत कायम राख्न सक्ने वा नसक्ने निर्धारण गर्ने निर्वाचनअघि साइबर घटना भएको हो ।

ट्रम्पले निर्वाचन निष्पक्ष भए परिणाम स्वीकार गर्ने बताउँदै आवश्यक परे राष्ट्रपतीय निषेधाधिकार प्रयोग गर्न सक्ने उल्लेख गरेका छन् । उनले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेका थिए ।

निर्वाचनमा तल्लो सदनका सबै ४३५ र माथिल्लो सदन सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । सीबीएस न्युजको सर्वेक्षणले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरेको छ ।

अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्य र आर्थिक चिन्ता मतदाताका प्रमुख मुद्दा देखिएका छन् ।

डेमोक्रेट मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी देखिएकाले सहभागिताले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सर्वेक्षणले सङ्केत गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

२८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ। सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। …

#प्रणाली #आक्रमण
Compare →
Hamro Patro News
4h ago
सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते सोम...

#प्रणाली
Compare →
Nagarik News
5h ago
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।

#प्रणाली
Compare →
Bizshala
1d ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#प्रणाली
Compare →
Arthasansar
1d ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

Politics & Governance
Build #2612