Trending
Prev Story
Next Story

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

Nagarik News •
October 28, 2026 • 06:07 AM
2
2 reads 0 reactions

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

३० वर्षीय रथ्नायके बायाँहाते ब्याटर हुन्। उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन्। दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन्।

रथ्नायकेले श्रीलंकाका लागि चार टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। त्यसमा उनले ६ विकेट लिएका छन् भने ब्याटिङमा ७७ रन बनाएका छन्। उनको टी-२० अन्तर्राष्ट्रियमा उच्च स्कोर ६५ रन हो।

घरेलु तथा अन्य टी-२० प्रतियोगितामा उनले ८८ खेल खेल्दै ९८ विकेट लिएका छन्। यस क्रममा उनको उत्कृष्ट बलिङ प्रदर्शन ८ रन खर्चेर ४ विकेट लिनु हो। उनले टी-२० क्रिकेटमा ६३८ रनसमेत बनाएका छन्।

प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रथ्नायकेले ३७८ विकेट लिएका छन् भने १ हजार ९२३ रन बनाएका छन्। त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाएका छन्।

प्रकाशित: ११ कार्तिक २०८३ ११:५२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
20h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Hamro Patro News
20h ago
सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । काठमान्डू गोर्खाज्लाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअपमा पुगेको हो । यसअघि ...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
20h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
21h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612