Trending
Prev Story
Next Story

कांग्रेस सांसदकै कोठामा चोरी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी सीता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ । चोरी आरोपमा प्रहरीले चार भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय …

कांग्रेस सांसदकै कोठामा चोरी

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी सीता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ ।

चोरी आरोपमा प्रहरीले चार भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये विणा र विकास आमाछोरा रहेको प्रहरीले बताएको छ ।

उनीहरूले कलंकीको तासिङडोलमार्ग स्थित किसन सिंह बस्नेतको घर र उक्त घरमा डेरा लिई बस्ने सांसद थपलियाको डेराकोठाका साथै कलंकीकै रंजित कोलोनीस्थित निरन्जन नेपालको घरमा चोरी गरेको पाइएको प्रहरीले बताएको छ ।

सुर्खेतबाट ५ कात्तिकमा काठमाडौं आएर कोठा पुग्दा चोरी भएको थाहा पाएपछि सांसद थपलियाले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरू चोरीको सामान पोका पारेर भारत जाने तयारीमा रहेको अवस्थामा पक्राउ परेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।

उनीहरूले सुनचाँदीका गरगहनादेखि वाइनसमेत चोरी गरेर लगेको पाइएको प्रहरीले बताएको छ । दशैंको टार्गेट गरेर उनीहरुले चोरी गरेको र सामान भने भारत लगेर बेच्ने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूबाट प्रहरीले विभिन्न आकार प्रकारका ३२ थानका सुनचाँदीका गरगहना तथा भाँडावर्तन बरामद गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति श...

#कांग्रेस
Compare →
Nagarik News
17h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612