Trending
Prev Story
Next Story

देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?

Arthasansar •
October 17, 2026 • 06:48 AM
2
2 reads 0 reactions

हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘आजसम्म पश्चिमी न्यूनचापीय...

देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ ।

हाल देशको हिमाली भू–भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली भएको छ। बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादलमय मौसम छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली हुनेछ भने बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागमा आंशिक बादलमय मौसम रहनेछ।  मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार ‘देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा’ मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु र कुहिरो लाग्ने

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई, उपत्यका तथा खोँच क्षेत्रमा बिहानपख हुस्सु र कुहिरो ...

#पश्चिमी #मौसम #आंशिक
Compare →
Onlinekhabar
11h ago
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

२८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी …

#भाग #आंशिक #पश्चिमी
Compare →
Nagarik News
11h ago
पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ।

#भाग #आंशिक #पश्चिमी
Compare →
Bizshala
1d ago
आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#भाग #मौसम #आंशिक
Compare →
Ekantipur
10h ago
२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम #आजको
Compare →

Related Stories

Business & Economy
Build #2612