Trending
Prev Story
Next Story

निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउन ट्रम्पका सहयोगीको प्रस्ताव

Nagarik News •
October 28, 2026 • 03:13 AM
3
3 reads 0 reactions

निकीले एयर फोर्स वनमा ट्रम्पसँग यात्रा गर्दाको भिडियो सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। भिडियोमा उनले अमेरिकी राष्ट्रपतिको अन्तर्राष्ट्रिय नीतिको प्रशंसा गरेकी छन्।

निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउन ट्रम्पका सहयोगीको प्रस्ताव

अमेरिकी र्‍यापर निकी मिनाजलाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव बनाउनुपर्ने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरूले सामाजिक सञ्जालमा प्रस्ताव गरेका छन्।

ह्वाइट हाउसको प्रेस सचिव पदमा निकीको नाम अनौपचारिक रूपमा अघि सारिएपछि यसबारे चर्चा सुरु भएको हो।

निकीले एयर फोर्स वनमा ट्रम्पसँग यात्रा गर्दाको भिडियो सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। भिडियोमा उनले अमेरिकी राष्ट्रपतिको अन्तर्राष्ट्रिय नीतिको प्रशंसा गरेकी छन्। त्यसपछि ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले ‘महिला तथा सज्जनवृन्द, मलाई लाग्छ हामीले नयाँ ह्वाइट हाउस प्रेस सचिव फेला पारेका छौं’ भन्दै प्रतिक्रिया दिएका थिए।

ट्रम्पका सल्लाहकार एलेक्स ब्रुसेविट्जले पनि उक्त प्रस्तावलाई समर्थन गर्दै निकीका प्रशंसकलाई सम्बोधन गरे। ह्वाइट हाउसको आधिकारिक एक्स खाताले समेत आँखाको इमोजी राख्दै प्रतिक्रिया दिएको थियो। निकीले भने पसिनाले भिजेको अनुहार र अमेरिकी झन्डाको इमोजीमार्फत प्रतिक्रिया जनाएकी थिइन्।

यद्यपि, निकीलाई प्रेस सचिव बनाउने विषयमा ह्वाइट हाउसले कुनै औपचारिक निर्णय गरेको छैन। उनका नाममा आएका टिप्पणीहरूलाई अनौपचारिक प्रस्तावका रूपमा मात्र हेरिएको छ।

निकीको चर्चा यतिमै सीमित रहेन। उनी ट्रम्पसँगै मिशिगनको पोर्ट ह्युरोनमा आयोजित कार्यक्रममा पनि सहभागी भएकी थिइन्। कार्यक्रममा ट्रम्पले निकीको शारीरिक बनावटबारे टिप्पणी गर्दै उनको नितम्बको प्रशंसा गरेका थिए। उनले निकीलाई उठ्न आग्रह समेत गरेका थिए। ट्रम्पले यसअघि पनि सार्वजनिक कार्यक्रममा राजनीतिज्ञहरूको शारीरिक बनावटबारे यस्ता टिप्पणी गर्दै आएका छन्।

निकीले ट्रम्पसँग एयर फोर्स वनमा यात्रा गरेको अनुभवलाई सामाजिक सञ्जालमा भिडियोमार्फत साझा गरेकी थिइन्। विमानको भित्री भाग देखेर आफू आश्चर्यचकित भएको उनको भिडियोमा देखिन्छ। त्यसपछि ह्वाइट हाउसका कर्मचारीले उनलाई प्रेस सचिव बनाउनुपर्ने भन्दै गरेको टिप्पणीले थप चर्चा पाएको हो।

प्रकाशित: ११ कार्तिक २०८३ ०८:५८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
28m ago
ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच अर्को साता चीनको सेन्जेनमा पहिलो त्रिपक्षीय भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले शुक...

#ट्रम्प
Compare →
Onlinekhabar
1d ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#ट्रम्प
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2612