Trending
Prev Story
Next Story

तीन वर्षको युद्धपछि इजरायलमा चुनाव : मतदानले तोड्यो दशकौं पुरानो रेकर्ड

Nagarik News •
October 27, 2026 • 04:26 PM
3
3 reads 0 reactions

देशभर मतदान जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीले मतदानको समय बढाउन केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको छ।

तीन वर्षको युद्धपछि इजरायलमा चुनाव : मतदानले तोड्यो दशकौं पुरानो रेकर्ड

इजरायलमा मंगलबार भएको राष्ट्रिय चुनावमा मतदाताको सहभागिताले दशकौंदेखिको रेकर्ड तोडेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार साँझ ४ बजे (स्थानीय समय) सम्म ५५.७ प्रतिशत मतदाताले मतदान गरेका छन्। सन् १९७३ देखि प्रतिघण्टा मतदानको तथ्यांक राख्न थालिएयता यो समयको सहभागिता सबैभन्दा उच्च हो। सन् २०२२ को चुनावमा यही समयसम्म ४७.५ प्रतिशतले मात्र मतदान गरेका थिए।

तीन वर्षको युद्ध र अशान्तिपछि भएको चुनावमा ४० लाखभन्दा बढी मतदाताले मतदान गरिसकेका छन्। देशभर मतदान जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीले मतदानको समय बढाउन केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको छ।

शास र ओट्ज्मा येहुदित पार्टीले पनि उक्त निवेदनलाई समर्थन गरेका छन्। लिकुड र उसका सहयोगी दलले भने निवेदन दिनुको स्पष्ट कारण सार्वजनिक गरेका छैनन्।

तर, गादी आइसेनकोटको याशर पार्टीले मतदानको समय बढाउने प्रस्तावको कडा विरोध गरेको छ। पार्टीले मतदानको समय थप्नुपर्ने अवस्था देखाउने कुनै असामान्य घटना नभएको बताएको छ। साथै, नेतान्याहूले चुनावको निष्पक्षतामाथि प्रश्न उठाउने आधार तयार पार्न यस्तो प्रस्ताव ल्याएको आरोप पनि पार्टीले लगाएको छ।

यसअघि नेतान्याहूले दक्षिणपन्थी मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरेका थिए। चुनावका क्रममा केही दलले मतदानमा अनियमितता भएको आरोप लगाए पनि केन्द्रीय निर्वाचन समितिले मतपत्रमा व्यवस्थित रूपमा धाँधली भएको प्रमाण नभेटिएको जनाएको छ। समितिका अनुसार राति १० बजे (स्थानीय समय) सम्म लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन्।

प्रकाशित: १० कार्तिक २०८३ २२:११ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
फेरि पनि चुनावकै रन्को: राजनीति सुध्रिने कि पुरानै फन्को ?

फेरि पनि चुनावकै रन्को: राजनीति सुध्रिने कि पुरानै फन्को ?

प्रदेश र स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै राजनीतिक दलहरू चुनावी अभियानमा जुटिसकेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले स्थानीय तह निर्वाचनलक्षित 'क्यान्डिडेट क्लब'मार्फत उ...

#चुनाव #निर्वाचन
Compare →
Arthasansar
6d ago
ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत...

#निर्वाचन #चुनाव
Compare →

Related Stories

World News
Build #2612