Trending
Prev Story
Next Story

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी

Ekantipur •
October 27, 2026 • 03:30 PM
2
2 reads 0 reactions

जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो ।

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी

जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो ।

पाल्पा — ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताअन्तर्गत मंगलबार भएका दुई खेलमा पाल्पाली क्रिकेट प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी भएका छन् ।

जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ रोजेको पाल्पाली क्रिकेट प्लेयर्सले ९ विकेट गुमाएर १५७ रन जोडेको थियो । पाल्पालीका लागि रुपेश बस्यालले ४५, विशाल दर्नाले २०, सक्षम खड्काले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोडन् सकेनन् । बलिङ्तर्फ भने फ्रेन्ड्स ब्याइजका दिवस अर्यालले ४ विकेट लिए भने प्रतिस अधिकारीले ३ र सफल भट्टराईले एक विकेट लिए ।

जवाफी ब्याटिङमा फ्रेन्ड्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १२९ रनमै समेटियो । उसका लागि साहिद अलीले ४९, कोशिष पाण्डेले ३३, रोशन नेपालले १२ रन बटुले । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । वलिङतर्फ पाल्पालीका थानेश्वर भट्टराईले ४, अमृत अर्यालले ३, अस्बिन गैरे र श्रीधर बस्यालले १/१ विकेट लिए ।

अर्को खेलमा दमकडा क्रिकेट क्लबलाई करुवा क्रिकेट क्लबले ५ विकेटले जितेको छ । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ रोजेको दमकडाले ९ विकेट गुमाएर १३६ रन जोडेको थियो । दमकडाका लागि केशव पाण्डेयले २६, गोपाल तिमिल्सेनाले २५, आशिष न्यौपानेले १२, विपिन भट्टराईले १२, सागर बस्यालले ११ जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोडेनन् । वलिङ्तर्फ करुवा क्रिकेट क्लबका दिनेश बुढा मगरले ३, निरबहादुर सार्की र राजन रखालले २/२, लीला शर्माले १ विकेट लिए ।

जवाफी ब्याटिङमा करुवाले ५ विकेट गुमाएर १८.४ ओभरमा १ सय ३९ रन जोड्यो । उसका लागि मनिष न्यौपानेले ४२, निरबहादुर सार्कीले २४, लीला शर्माले १७, सचित नेपालले १४, दिनेश बुढामगरले ११, तेजेन्द्र वीरजंग राणाले १० रन जोडे । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । वलिङ्तर्फ दमकडाका आशिष न्यौपानेले दुई, अच्युत पाण्डेय, विपीन भट्टराई र भुवन पाण्डेयले १/१ विकेट लिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका

दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका

दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका दाजुभाइ र आफन्तलाई ढाकाका सामग्री उपहार दिने चलन बढेसँगै तिहारमा पाल्पाली उत्पादनले संस्कृति, पहिचान र पारिवारिक सम्बन्ध जोडिरहेको छ। कार्तिक ...

#पाल्पाली #पाल्पा
Compare →
Nagarik News
2h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Arthasansar
20h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612