Trending
Prev Story
Next Story

नेपाल टेलिकमले ल्यायो एनपीएल अनलिमिटेड प्याकेज

Arthasansar •
October 27, 2026 • 02:32 PM
2
2 reads 0 reactions

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत नेपाल...

नेपाल टेलिकमले ल्यायो एनपीएल अनलिमिटेड प्याकेज

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले ५९९ रुपैयाँ मा उक्त प्याकेज खरिद गर्न सक्नेछन् । यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ ।

आज (२०८३ कात्तिक १०) देखि आगामी २०८३ मंसिर ५ गते सम्म प्याकेज खरिद गर्न सकिने छ । सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट *1415*9# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ । नेपाल प्रिमियर लिग सिजन–३ को नेपाल टेलिकम अफिसियल टेलिकम पार्टनर समेत रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकासका लागि नेपाल टेलिकम सदैव क्रियाशील रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
18h ago
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो सिज...

#एनपीएल #प्रिमियर-लिग #सिजन
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
3h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #सिजन
Compare →
Nagarik News
20h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
15h ago
नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस...

#नेपाल-टेलिकम #टेलिकम
Compare →

Related Stories

National (Nepal)
Build #2612