Trending
Prev Story
Next Story

पोखराको ‘टाइटल स्पोन्सर’मा शहंशाह अपार्टमेन्ट

Ekantipur •
October 27, 2026 • 01:30 PM
3
3 reads 0 reactions

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपीएल सिजन ३ को पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

पोखराको ‘टाइटल स्पोन्सर’मा शहंशाह अपार्टमेन्ट

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपीएल सिजन ३ को पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शहंशाह अपार्टमेन्टलाई आफ्नो ‘टाइटल स्पोन्सर’ बनाएको छ ।

मंगलबार पोखरा एभेन्जर्स र द शहंशाह अपार्टमेन्टबीच सम्झौता भएको छ । सम्झौता पत्रमा शहंशाह अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले हस्ताक्षर गरेका थिए ।

यस सहकार्यले पोखरा एभेन्जर्सको व्यावसायिक साझेदारीलाई थप मजबुत बनाउनुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

पोखरा र गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने पोखरा एभेन्जर्सले एनपीएल सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गरिरहेको छ । द शहंशाह अपार्टमेन्टसँगको यो सहकार्यलाई पोखरा एभेन्जर्सले नयाँ उत्साह र सम्भावनाको रूपमा लिएको छ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपीएल सिजन ३ को पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
पोखरामा छठ पर्व : चार स्थानमा पूजा

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

कास्की- पोखराका चार स्थानमा छठ पर्व मनाउनका लागि पूजाको तयारी गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरुमा जस्तै यस वर्ष पोखरामा समेत भव्य रूपमा मनाउन लागिएको हो । ...

#पोखरा
Compare →
Onlinekhabar
20h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →

Related Stories

Sports
Build #2612