Trending
Prev Story
Next Story

पछिल्लो चार ओभरमा ब्याटरहरू हतारियौं : सन्दीप लामिछाने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

१० कात्तिक, काठमाडौं । एनपीएल अन्तर्गत विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए । चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका …

पछिल्लो चार ओभरमा ब्याटरहरू हतारियौं : सन्दीप लामिछाने

१० कात्तिक, काठमाडौं । एनपीएल अन्तर्गत विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए ।

चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन् ।

१६औं ओभरपछि खराब सट खेल्नु र लामो समयसम्म क्रिजमा रहेका ब्याटरलाई ननस्ट्राइकमा नै राख्नु नै हारको कारणमध्ये रहेको सन्दीपले उल्लेख गरे । पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु र हतारिँदा हार हुन सक्छ भन्ने यो नतिजाबाट शिक्षा लिएको उनी बताउँछन् ।

कप्तान सन्दीपले जितको संघारमा पुग्न पहिलो इनिङदेखि नै धेरै खेलाडीले मिहेनत गरेको बताए । तथापि अन्तिम पाँच ब्याटरले त्यसलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ । आगामी खेलमा यस्तै गल्ती नदोहोर्‍याउने सन्दीपको विश्वास छ ।

अनुभवी ब्याटरले धैर्य नगुमाएको सन्दीपले दाबी गर्दै नयाँ ब्याटरका लागि पिचमा खेल्न सहज नरहेको सन्दीपले उल्लेख गरेका छन् । तथापि, सट सेलेक्सन भने खराब रहेको उनले स्वीकार गरे । चितवन राइनोज पनि बलियो टोली रहेको उल्लेख गर्दै टी ट्वान्टीमा कुनैपनि टोली कमजोर नहुने सन्दीपले उल्लेख गरेका छन् ।

चितवनका बलरले राम्रा गरेको सँगै आफ्नो मध्यक्रम र तल्लो क्रमले नराम्रो खेलेको सन्दीपको भनाइ छ । कप्तान सन्दीपले अहिले नै कुनै खेलाडीको प्रदर्शनबारे मूल्याङ्कन गर्नु हतार हुने बताएका छन् । आन्द्रे रसेलले राम्रो खेलेको तर म्याच फिनिस गर्न नसक्दा निरास रहेको सन्दीपले उल्लेख गरेका छन् ।

विराटनगरविरुद्ध चार विकेट लिएका चितवनका मध्य क्रमका बलर कमलसिंह ऐरीले विकेटले आफ्नो लागि मद्दत गरेको र त्यहीअनुरूप स्टम्प टु स्टम्प बलिङ गरेको बताए । त्यहीअनुरूप ब्याटरले लाइन क्रस गरेर खेल्दा विकेट आएको कमलसिंहले उल्लेख गरे ।

रसेलविरुद्ध बलिङ लाइन मिस गर्‍यो भने ठूलो सट हान्छ भन्ने लागेको उल्लेख गर्दै कमलले एउटा बल राम्रो गरेमा विकेट आउने विश्वास पनि रहेको कमलले विश्वास व्यक्त गरे । त्यही मानसिकतासहित बलिङ गर्दा छक्का खाए पनि रसेलसँगै एन्जेलो म्याथ्युजलाई आउट गर्न सफल भएको कमलसिंह ऐरीले बताए । हरेक एक खेलमा ध्यान दिएर खेल्ने उनले योजना सुनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #विराटनगर
Compare →
Ekantipur
4h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #ओभर
Compare →

Related Stories

World News
Build #2612