काठमाडौं – बलिउड बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो संकेत देखाएको छ । प्रदर्शन हुन अझै केही दिन बाँकी रहँदा फिल्मले विश्वभर अग्रिम टिकट बिक्रीबाट २० करोड भारुभन्दा बढी आम्दानी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अक्टोबर २५ सम्मको अग्रिम बुकिङले यो आँकडा पार गरेको हो ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्म नोभेम्बर ५(कात्तिक १९), २०२६ मा विश्वव्यापी प्रदर्शनमा आउँदैछ। रणवीर कपुर, यश र साई पल्लवी मुख्य भूमिकामा रहेको फिल्मप्रति भारतदेखि उत्तर अमेरिकासम्म दर्शकको चासो देखिएको छ ।
Read full story at source ( khabarhub.com )