Trending
Prev Story
Next Story

एनपीएल सिजन ३ मा लुम्बिनी लायन्ससँग ह्युण्डाई नेपालको साझेदारी

Bizshala •
October 16, 2026 • 12:42 PM
8
8 reads 0 reactions

काठमाण्डौ । ह्युण्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि डिफेन्डिङ च्याम्पियन लुम्बिनी...

एनपीएल सिजन ३ मा लुम्बिनी लायन्ससँग ह्युण्डाई नेपालको साझेदारी

काठमाण्डौ । ह्युण्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ। दुई पक्षबीच ‘ड्रिभन बाइ ह्युण्डाई’ (Driven by Hyundai) अवधारणासहित सहकार्य गरिएको हो।

यस साझेदारीले अटोमोबाइल क्षेत्रको स्थापित ब्रान्ड ह्युण्डाई नेपाल र एनपीएलको वर्तमान च्याम्पियन लुम्बिनी लायन्सलाई एकै प्लेटफर्ममा जोडेको छ।

लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो। टोलीले आगामी सिजनमा उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी गरिरहँदा ह्युण्डाई नेपालले पनि सहकार्य विस्तार गरेको हो।

ह्युण्डाई नेपालले यस साझेदारीमार्फत जुझारुपन, टिमवर्क र प्रतिस्पर्धात्मक भावनालाई प्रवर्द्धन गर्दै नेपालको बढ्दो क्रिकेट समुदायसँग आफ्नो सम्बन्ध थप मजबुत बनाउने जनाएको छ।

‘ड्रिभन बाइ ह्युण्डाई’ लाई सहकार्यको मुख्य अवधारणाका रूपमा प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार यो साझेदारी खेलकुदलाई सहयोग गर्ने तथा नेपालका खेल प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरता हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
6h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
6h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #सिजन
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
21h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सिजन
Compare →

Related Stories

National (Nepal)
Build #2612