Trending
Prev Story
Next Story

पश्चिमी वायुको प्रभाव : कस्तो छ आज देशभरको मौसम ?

Bizshala •
October 27, 2026 • 02:01 AM
2
2 reads 0 reactions

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल...

पश्चिमी वायुको प्रभाव : कस्तो छ आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर आंशिक बादल लाग्नेछ ।

बुधबार देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

बिहीबार देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु र कुहिरो लाग्ने

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई, उपत्यका तथा खोँच क्षेत्रमा बिहानपख हुस्सु र कुहिरो ...

#आंशिक #भूभाग #मौसम
Compare →
Ekantipur
6h ago
२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#देशभर #मौसम
Compare →
Onlinekhabar
7h ago
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

२८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी …

#आंशिक #बादल #पश्चिमी
Compare →
Nagarik News
7h ago
पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ।

#आंशिक #बादल #पश्चिमी
Compare →

Related Stories

Science & Climate
Build #2612