Trending
Prev Story
Next Story

मानव–वन्यजन्तु न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

Nagarik News •
October 16, 2026 • 05:56 AM
3
3 reads 0 reactions

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ।

मानव–वन्यजन्तु न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव-वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो।

भीमदत्त-१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, 'पूर्वसूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ र मोबाइलमा सन्देश आउँछ। यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ।'

उनले रातिको समयमा जङ्गली हात्ती, गैँडालगायत वन्यजन्तु बस्ती प्रवेश गरेर अन्नबालीमा क्षति गर्ने गरेकाले यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, नीलगाईलगायत वन्यजन्तुको सम्भावित जोखिमबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने वडाध्यक्ष चौधरीको भनाइ छ।

कनेक्ट परियोजनाका प्रमुख मनोजप्रसाद ओझाले मानव-वन्यजन्तु सह-अस्तित्वका लागि पूर्वसूचना प्रणाली प्रभावकारी हुने बताउनुभयो। 'पूर्वसूचना प्रणालीमा क्यामेरा जडान गरिएको छ, निकुञ्जबाट जङ्गली जनावर बस्ती पस्दा फोटो खिच्छ र साइरन बच्छ', उनले भने, 'निकुञ्जका कर्मचारी, सेनाको सुरक्षा पोष्ट र बस्तीका मानिस गरी ४० जनाको मोबाइलमा सन्देश आउँछ।'

उनले यसले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए। कनेक्ट परियोजना र भीमदत्त नगरपालिकाको करिब दश लाख साझेदारीमा उक्त प्रणाली जडान गरिएको उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट रातिको समयमा जङ्गली हात्ती, चितुवा, गैँडा र बँदेलले किसानको अन्नबालीमा ठुलो नोक्सानी पुर्याउँदै गरेका छन्। किसानले पूर्वसूचना पाउँदा बाली जोगाउन र सुरक्षित रहन सहयोग पुग्ने विश्वास गरिएको छ। रासस

प्रकाशित: ३० आश्विन २०८३ ११:४१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ।

#प्रणाली #पूर्वसूचना #जडान
Compare →
Hamro Patro News
2d ago
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

काठमाडौं । विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए पनि विपद्को उच्च जोखिममा रहेका मुलुक र समुदाय अझै प्रभावकारी चेतावनीको पहुँचबाट टाढा रहेको पाइएको छ । पूर्वसूचना प्रणा...

#प्रणाली #पूर्वसूचना
Compare →
Onlinekhabar
2d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#वन्यजन्तु #मानव
Compare →
Bizshala
1d ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#प्रणाली
Compare →
Arthasansar
1d ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

Technology
Build #2612