Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरूद्ध लुम्बिनी लायन्सको खेल

Ekantipur •
October 26, 2026 • 03:00 PM
2
2 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको पहिलो खेलका झलक ।

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरूद्ध लुम्बिनी लायन्सको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको पहिलो खेलका झलक ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ तथा डी’आरसी शट र आसिफ शेखले आक्रामक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि बचाउ अभियान सानदार ढंगमा गरेको छ ।

तेस्रो सिजनको पहिलो दिनको खेलमा लुम्बिनीले सोमबार सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो । लुम्बिनीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ९.५ ओभरमै पूरा गर्‍यो । गत वर्ष पनि लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

डी’आरसी १८ बलमा ४० रन बनाई आउट भए । डी’आरसीले इनिङ्सको पहिलो बलमै कुग्लेनलाई डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका थिए । उनले कुल ४ चौका र ३ छक्का प्रहार गरे ।

डी’आरसी १८ बलमा ४० रन बनाई आउट भए । डी’आरसीले इनिङ्सको पहिलो बलमै कुग्लेनलाई डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका थिए । उनले कुल ४ चौका र ३ छक्का प्रहार गरे ।

सातौं ओभरको दोस्रो बलमा अस्ट्रेलियन ब्याटर डी’आरसी आउट भएपछि यो साझेदारी टुटेको थियो । आफ्नो पहिलो ओभर लिएर आएका देब्रेहाते स्पिनर अनिल खरेलले उनलाई रदरफोर्डबाट क्याच गराए । आसिफलाई पनि अनिलले नै आउट गरे ।

निरोशन डिकवेलालाई कप्तान दीपेन्द्रसिंह ऐरीले ७ रनमा बोल्ड गरे । बंगलादेशी ब्याटर समिम हुसैन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे । रोहितले नै दीपेन्द्रलाई विजयी चौका प्रहार गरेका थिए ।यसअघि किशोर र शेरले एकआपसमा ७ विकेट लिएपछि च्याम्पियन लुम्बिनीले उत्कृष्ट सुरुआत गरेको छ । किशोरले ४ र शेरले ३ विकेट लिएपछि लुम्बिनीले पहिलो दिनको खेलमा सुदूरपश्चिमलाई केवल ८७ रनमै अलआउट गरेको थियो ।लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भएको थियो । दाहिने हाते तीव्र बलर किशोरले ४ ओभरमा २८ रन खर्चेर उत्कृष्ट बलिङ गरे । गत सिजन १७ विकेट लिएर सनसनी बलिङ गरेका अफ स्पिनर शेरले ४ ओभरमा ११ रनमात्र खर्चेर ३ विकेट लिएका हुन् ।पावर प्लेको ६ ओभरमा शीर्ष ४ विकेट गुमाएपछि सुदूरपश्चिम फेरि माथि उठ्न सकेन । शेरले चौथो ओभरमा विनोद भण्डारीलाई एलबीडब्लु आउट गरे भने किशोरले आरिफ शेखलाई शून्य र ब्रान्डन म्यामलेनलाई २ रनमा आउट गरी एकै ओभरमा दुई सफलता पाए ।सुदूरपश्चिमको टोलीमा फर्किएका सैफ जैब पनि १४ बलमा २ चौका प्रहार गरी १३ रन बनाई छैटौं ओभरमा अमेरिकी बलर स्याडली भान साकवाईबाट आउट भए । तिलक भण्डारीले इशान पाण्डेलाई ७ रनमा आउट गरी नवौं ओभरमा लुम्बिनीलाई पाँचौं सफलता दिलाए ।शेरले सेरफेन रदरफोर्डलाई १ र स्कट कुग्लेनलाई शून्यमा आउट गरे । किशोरले लगातार बलमा कप्तान दीपेन्द्र र हेमन्त धामीलाई बोल्ड गरी ह्याट्रिक नजिक पुगे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक २७ रन बनाउने क्रममा २३ बल खेली २ चौका प्रहार गरे । हेमन्तले खाता खोल्न भ्याएनन् । रोहितले अविनाश बोहरालाई बोल्ड गरे । अनिल खरेल १५ रनमा अविजित रहे ।गत दुई सिजन नै फाइनलमा पराजित सुदूरपश्चिमले यसपटक कमजोर सुरुआत गरेको हो । अघिल्ला दुई सिजनमा सुदूरपश्चिमले लिग चरणमा १–१ खेलमा मात्र पराजित भएको थियो ।

यसअघि किशोर र शेरले एकआपसमा ७ विकेट लिएपछि च्याम्पियन लुम्बिनीले उत्कृष्ट सुरुआत गरेको छ । किशोरले ४ र शेरले ३ विकेट लिएपछि लुम्बिनीले पहिलो दिनको खेलमा सुदूरपश्चिमलाई केवल ८७ रनमै अलआउट गरेको थियो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भएको थियो । दाहिने हाते तीव्र बलर किशोरले ४ ओभरमा २८ रन खर्चेर उत्कृष्ट बलिङ गरे । गत सिजन १७ विकेट लिएर सनसनी बलिङ गरेका अफ स्पिनर शेरले ४ ओभरमा ११ रनमात्र खर्चेर ३ विकेट लिएका हुन् ।

पावर प्लेको ६ ओभरमा शीर्ष ४ विकेट गुमाएपछि सुदूरपश्चिम फेरि माथि उठ्न सकेन । शेरले चौथो ओभरमा विनोद भण्डारीलाई एलबीडब्लु आउट गरे भने किशोरले आरिफ शेखलाई शून्य र ब्रान्डन म्यामलेनलाई २ रनमा आउट गरी एकै ओभरमा दुई सफलता पाए ।

सुदूरपश्चिमको टोलीमा फर्किएका सैफ जैब पनि १४ बलमा २ चौका प्रहार गरी १३ रन बनाई छैटौं ओभरमा अमेरिकी बलर स्याडली भान साकवाईबाट आउट भए । तिलक भण्डारीले इशान पाण्डेलाई ७ रनमा आउट गरी नवौं ओभरमा लुम्बिनीलाई पाँचौं सफलता दिलाए ।

शेरले सेरफेन रदरफोर्डलाई १ र स्कट कुग्लेनलाई शून्यमा आउट गरे । किशोरले लगातार बलमा कप्तान दीपेन्द्र र हेमन्त धामीलाई बोल्ड गरी ह्याट्रिक नजिक पुगे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक २७ रन बनाउने क्रममा २३ बल खेली २ चौका प्रहार गरे । हेमन्तले खाता खोल्न भ्याएनन् । रोहितले अविनाश बोहरालाई बोल्ड गरे । अनिल खरेल १५ रनमा अविजित रहे ।

गत दुई सिजन नै फाइनलमा पराजित सुदूरपश्चिमले यसपटक कमजोर सुरुआत गरेको हो । अघिल्ला दुई सिजनमा सुदूरपश्चिमले लिग चरणमा १–१ खेलमा मात्र पराजित भएको थियो ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #लुम्बिनी #लायन्स
Compare →
Onlinekhabar
5h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #लुम्बिनी
Compare →
Nagarik News
20h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →
Arthasansar
20h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Education & Youth
Build #2612