Trending
Prev Story
Next Story

एनपीएल सिजन ३ : साविक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदुरपश्चिमको कमजोर ब्याटिङ

Arthasansar •
October 26, 2026 • 02:33 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । आज भएको खेलमा साविक विजेता...

एनपीएल सिजन ३ : साविक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदुरपश्चिमको कमजोर ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । आज भएको खेलमा साविक विजेता लुम्बिनीले सुदुरपश्चिम रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।

सुदुरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्यायो । लुम्बिनीको जितमा डार्शी शर्टले ४० रन बनाए । अर्का ओपनर आसिफ शेखले ३२ रनको योगदान दिए । सुदुरपश्चिका लागि अनिल खरेलले २ विकेट लिए । दीपेन्द्र सिंह ऐरिले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निकै खराब खेल्दै १७.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे । त्यस्तै शैफ अली जैबले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले ४ विकेट लिए । त्यस्तै शेर मल्लले ३ विकेट लिए भने शाड्ली भान, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक एक विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
23m ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
16h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #विकेट #कमजोर
Compare →
Ekantipur
3h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #सिजन
Compare →

Related Stories

Sports
Build #2612