Trending
Prev Story
Next Story

ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू - आयल निगम

Arthasansar •
October 26, 2026 • 02:33 PM
3
3 reads 0 reactions

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास...

ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू - आयल निगम

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो । ‘तहाँबाट नियुक्त भएका कतिपय विक्रेताहरूले ग्यास बिक्री गरे पश्चात बिलबिजक जारी नगरेको भन्ने गुनासो आएको हुँदा अनिवार्य रूपमा विक्रेतालाई भ्याट बिल जारी गरी एलपी ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन हुन अनुरोध छ,’ निगमको पत्रमा छ ।

निगमले ग्यास उद्योगहरूलाई आफ्ना डिलर तथा विक्रेतालाई नियन्त्रण र नियमन गर्न यसअघि पनि पत्राचार गरेको जनाएको छ । सूचना अनुसार निगमले यसै निर्णय कार्यान्वयनका सम्बन्धमा ३० साउन २०८१ र १० माघ २०८१ मा समेत सम्बन्धित संघलाई पत्राचार गरेको स्मरण गराएको छ ।

ग्यास खरिद गर्दा उपभोक्ता ठगिने र कालोबजारी हुने जोखिम न्यूनीकरण र बजारमा पारदर्शिता कायम गर्न निगमले मूल्य अभिवृद्धि कर (भ्याट) बिल अनिवार्य गरेको हो । यो बोधार्थ निगमका कार्यकारी निर्देशक र नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) लाई समेत दिइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्ने (मर्जर) प्रक्रियालाई सहज बनाउन आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।

#ग्यास #निगम
Compare →
Hamro Patro News
1w ago
ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौँ / नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ । आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन र उ...

#ग्यास #निगम
Compare →
Ekantipur
31m ago
तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्ने।

#निगम #आयल
Compare →
Onlinekhabar
1w ago
तिहार बिदामा आयल निगमको डिपो खुला रहने

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

२० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, …

#निगम #आयल
Compare →
Bizshala
5d ago
पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास...

#ग्यास
Compare →

Related Stories

Business & Economy
Build #2612