लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएका हुन् ।
काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पहिलो दिन सोमबारको खेलमा सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएका हुन् ।
गत सिजनमा यी दुई टोली नै फाइनल खेलेका थिए, जहाँ लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ६ विकेटले पराजित गरेको थियो । तर उक्त फाइनलमा उत्कृष्ट ब्याटिङ गरेका ओपनर दीनेश अधिकारी लुम्बिनीको टोलीमा रहेका छैनन् ।
जनकपुर बोल्ट्सबाट आएका आसिफ शेखले डी’आरसी शटले लुम्बिनीको ओपनिङ ब्याटिङको रुपमा आउने छन् । जनकपुरबाटै आएका तीब्र बलर किशोर महतो पनि प्लेयिङमा खेलिरहेका छन् । a
गत सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका नामिबियाका तीब्र बलर रुबेन ट्रम्पलमन आजको खेलमा रहेका छैनन् । उनी हाल राष्ट्रिय टोलीबाट आयरल्यान्डस‘गको शृंखलामा खेलिरहेका छन् ।
लुम्बिनीबाट विदेशी खेलाडीमा डी’आरसी, निरोशान डिकवेला, समिम हुसैन र स्याड्ली भान साकवाइक खेलिरहेका छन् ।
त्यस्तै सुदूरपश्चिमले अघिल्लो सिजनको टोलीबाट परिवर्तन खेलाडीमा देव्रेहाते स्पिनर अनिल खरेललाई खेलाइरहेको छ ।