काठमाडौं । रोयल ब्लू कमेडी उत्सव २०८३ अन्तर्गतको कार्यक्रम लिएर ६ कमेडियनहरूले नेपालका ६ शहरमा प्रस्तुती दिने भएका छन् । कमेडियनहरू सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्कीले दर्शक हँसाउन मोफसलमा निस्कने भएका हुन् । कार्यक्रम ११ गते नेपालगन्जबाट सुरु हुनेछ । कात्तिक १३ गते बुटवल, कात्तिक १४ गते चितवन र कात्तिक १५ गते पोखरामा कार्यक्रम हुनेछ । त्यस्तै, कात्तिक १७ गते बर्दिबास र कात्तिक १९ गते इटहरीको कार्यक्रम हुनेछ।
Read full story at source ( sutranews.com )