Trending
Prev Story
Next Story

चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, 'नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।' ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट …

चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’

ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्।

उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण इतिहासकै सफल सैन्य अभियानमध्ये एक थियो। त्यसअघि ‘अपरेसन मिडनाइट ह्यामर’ चलाइएको थियो। त्यस अभियानले विश्वमा आतंकवादलाई बढावा दिने प्रमुख देशलाई परमाणु हतियार प्राप्त गर्नबाट रोकेको थियो।

त्यसपछि ‘अपरेसन एपिक फ्युरी’ चलाइएको ट्रम्पले उल्लेख गरेका छन्। इरानको सेना र अर्थव्यवस्था दुवै कमजोर भएको कुरा पनि लेखेका छन् ।

उनले लेखेका छन्,’अहिले इरानसँग नौसेना र वायुसेना छैन। उसको सेना र अर्थव्यवस्था दुवै नराम्ररी बिग्रिएका छन्। इरानमा मुद्रास्फीति दर ३०१ प्रतिशत पुगेको छ। नौसैनिक नाकाबन्दीका कारण इरानले तेल पाउन सकेको छैन। सैन्य र अन्य नेतृत्वसहित इरानका दुई तहका नेतृत्व समाप्त भएका छन्।’

एक दिनअघि ट्रम्पले इरानमाथिको आक्रमणबारे सम्झौता गर्ने वा युद्ध छेड्ने विषयमा निर्णय भइनसकेको बताएका थिए।

‘तपाईं मतदान गर्न जाँदा बीबी एक असाधारण लडाकु प्रधानमन्त्री रहेका कुरा सम्झनुहोस्’, ट्रम्पले नेतान्याहूप्रति भोटको अपिल गर्दै फेरि भने’, केही खराब मानिसहरूले इजरायललाई ‘सानो सैतान’ र अमेरिकालाई ‘ठूलो सैतान’ भनेका थिए। अब विश्वभर ‘अमेरिकाको मृत्यु होस्, इजरायलको मृत्यु होस्’ भन्ने नारा सुनिने छैन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
ट्रम्प र नेतान्याहूबीच चर्काचर्की !

ट्रम्प र नेतान्याहूबीच चर्काचर्की !

काठमाडौं । इरानविरुद्धको युद्धमा अबको रणनीतिका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच मतभेद चुलिएको खुलासा भएको छ । पछिल्ला दिनमा दुई नेताबीच भएको ...

#ट्रम्प #नेतान्याहू
Compare →
Nagarik News
6h ago
ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि, इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

#ट्रम्प
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2612