Trending
Prev Story
Next Story

खुकुरी प्रहार गरी ४ जनालाई गम्भीर घाइते बनाउने पक्राउ

Ekantipur •
October 26, 2026 • 06:31 AM
3
3 reads 0 reactions

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गएराति नइन्द्रकुमार राई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गरी ४ जनालाई गम्भीर घाइते बनाउने पक्राउ

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गएराति नइन्द्रकुमार राई खुकुरी प्रहार गरेका थिए ।

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा खुकुरी प्रहार गरी ४ जनालाई गम्भीर घाइते बनाउने एक जना पक्राउ परेका छन् । गएराति १२ः३० बजे ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेजिना राई र नरेन्द्र राईलाई खुकुरी प्रहार गरी घाइते बनाउने ४३ वर्षीय नइन्द्रकुमार राई सोमबार बिहानै पक्राउ परेका हुन् ।

उनीहरूमध्ये तेजिना राईको अवस्था गम्भीर छ । उनलाई दुर्छिमस्थित नगर अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताएका छन् । अन्यको दुर्छिमस्थित नगर अस्पतालमै उपचार भइरहेको छ ।

उनीहरूमध्ये अन्जना श्रीमती, तेजिना साली, स्यामाउन सासुआमा र नरेन्द्र जेठान हुन् । अन्जना र तेजिनाको टाउकोमा गम्भीर चोट लागेको छ । स्यामाउनको टाउको र दाहिने हातमा तथा नरेन्द्रको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहले एक वृद्ध दम्पतीमाथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ। आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन्।...

#प्रहार #गम्भीर #घाइते
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार #घाइते
Compare →
Onlinekhabar
4h ago
सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

२८ कात्तिक, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती …

#गम्भीर
Compare →

Related Stories

World News
Build #2612