Trending
Prev Story
Next Story

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको …

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण समारोह बिहीबार गर्ने भएको हो ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा सपथ ग्रहण समारोह आयोजना गरिने जानकारी दिए ।

निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरेर महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण समारोह उपस्थितिका लागि निमन्त्रण गरेको छ ।

१५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातिका दिन सपथ ग्रहण र पदबहाली गरेका थिए ।

उनी प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले ३७५ मत ल्याएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Hamro Patro News
18h ago
एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले मंसिर ५ गतेका लागि केन्द्रीय कमिटीको चौथो बैठक बोलाएको छ । बैठकको कार्यसूची तय हुन बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार राष्ट्...

#केन्द्रीय
Compare →

Related Stories

Politics & Governance
Build #2612