Trending
Prev Story
Next Story

झापामा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी, एक जना घाइते

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

९ कात्तिक, झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आइतबार राति साढे ७ बजेको समयमा कन्ट्रक्सन कम्पनीको जमिनमुनि गाडिएको ट्यांकीबाट प्रदेश …

झापामा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी, एक जना घाइते

९ कात्तिक, झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्।

आइतबार राति साढे ७ बजेको समयमा कन्ट्रक्सन कम्पनीको जमिनमुनि गाडिएको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल लोड गर्ने क्रममा अचानक विष्फोट भई आगलागी भएको हो। ट्यांकीमा करिब ९ हजार ५ सय लिटर लाइट डिजेल भण्डारण गरिएको थियो।

आगलागीको रापबाट टिपर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ।

घटनाका कारण टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा भएको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबह...

#आगलागी #घाइते
Compare →
Nagarik News
39m ago
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#घाइते
Compare →
Ekantipur
3h ago
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

#आगलागी
Compare →

Related Stories

World News
Build #2612