काठमाडौं- यहि कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । सुपरस्टारको उपाधि पाएका अभिनेता अनमोल केसी स्टारर ‘अल्लारे ठिटो आयो है’ बोलको गीत निर्माण टिमले आइतवार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।
सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर दृश्यांकन गरिएको भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको लोभलाग्दो प्रेमिल केमेस्ट्रि देख्न सकिन्छ ।
Read full story at source ( kalakarmi.com )