Trending
Prev Story
Next Story

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली क्रिकेट प्लेयर्स र करुवाको सहज जित

Ekantipur •
October 25, 2026 • 12:30 PM
2
2 reads 0 reactions

पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो ।

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली क्रिकेट प्लेयर्स र करुवाको सहज जित

पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो ।

पाल्पा — पाल्पा च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारका दुवै खेलमा पाल्पाली क्रिकेट प्लेयर्स र करुवा क्रिकेट क्लबले सहज जित निकालेका छन् । पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो ।

पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यू एमएमसिटीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो । उसका लागि प्रशान्त पाण्डेयले २४, केशव रायमाझीले २३ र सुशान्त पाण्डेयले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यू एमएमसिटीले अतिरिक्त ११ रन पाएको थियो ।

बलिङतर्फ पाल्पालीका रुपेश बस्यालले २ तथा लेखनाथ न्यौपाने, दिपेश पाण्डेय, श्रीधर बस्याल र अमृत अर्यालले एक/एक विकेट लिए ।

१ सय ३ रनको लक्ष्य पछ्याएको पाल्पाली क्रिकेट प्लेयर्सले ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । उसका लागि कुशल ढकालले ३९, सक्षम खड्काले १७ र शिव खनालले १० रन बनाए । पाल्पालीले अतिरिक्त २० रन पाएको थियो ।

बलिङतर्फ न्यू एमएमसिटीका सुशान्त पाण्डेयले २ र हार्दिक बरालले १ विकेट लिए । प्लेयर अफ द म्याच पाल्पाली क्रिकेट प्लेयर्सका कुशल ढकाल घोषित भए ।

दोस्रो खेलमा करुवा क्रिकेट क्लबले असेर्दी क्रिकेट क्लबलाई ८७ रनले हरायो । पहिले ब्याटिङ गरेको करुवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका लागि दिनेश बुढा मगरले ६७, निरबहादुर सार्कीले ५४, मनिष न्यौपानेले ३९, विख्यात वीरजंग राणाले १७ र लीला शर्माले १० रनको योगदान दिए ।

बलिङतर्फ असेर्दीका अनुज अर्यालले २ र प्रदीप अर्यालले १ विकेट लिए ।

२ सय १९ रनको लक्ष्य पछ्याएको असेर्दी १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रनमै समेटियो । उसका लागि यज्ञप्रसाद न्यौपानेले ४३, सुमन पाण्डेयले २२, विष्णु खड्काले १४, प्रदीप अर्यालले १३ र राजन अर्यालले १० रन बनाए ।

बलिङतर्फ करुवाका दिनेश बुढा मगर र अब्सन पाण्डेयले ३/३ तथा विख्यात वीरजंग राणा र निरबहादुर सार्कीले २/२ विकेट लिए । प्लेयर अफ द म्याच करुवाका दिनेश बुढा मगर घोषित भए ।

प्रतियोगितामा जिल्लाका उत्कृष्ट ६ क्लबको सहभागीता रहेको जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष पूर्णराज शाक्यले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका

दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका

दाजुभाइको उपहारदेखि पर्यटकको रोजाइसम्म पाल्पाली ढाका दाजुभाइ र आफन्तलाई ढाकाका सामग्री उपहार दिने चलन बढेसँगै तिहारमा पाल्पाली उत्पादनले संस्कृति, पहिचान र पारिवारिक सम्बन्ध जोडिरहेको छ। कार्तिक ...

#पाल्पाली #पाल्पा
Compare →
Nagarik News
9h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612