Trending
Prev Story
Next Story

नेपाल प्रिमियर लिग सिजन ३ को विजेताले १ करोड ५० लाख पाउने

Ekantipur •
October 25, 2026 • 11:30 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो सिजनका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए ।

नेपाल प्रिमियर लिग सिजन ३ को विजेताले १ करोड ५० लाख पाउने

नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो सिजनका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए ।

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको विजेताले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।

प्रतियोगिताको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको आम्दानीमा वृद्धि भएकाले पुरस्कार राशि पनि बढाइएको जानकारी दिए ।

'यस सिजन प्रायोजन (स्पोन्सरसिप) बाट २० करोड र टिकटिङ तथा प्रसारण अधिकार (ब्रोडकास्टिङ) बाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छौँ । एक महिनासम्म चल्ने प्रतियोगिता अवधिभर एनपीएलको कुल (ग्रोस) आम्दानी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान छ,' खड्काले भने, 'यसैको परिणामस्वरूप पुरस्कार राशिमा पनि वृद्धि गरिएको हो ।'

यसअघि एनपीएलको पहिलो र दोस्रो सिजनका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए ।

त्यस्तै, यसपटक दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ८० लाख, ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो सिज...

#एनपीएल #प्रिमियर-लिग #सिजन
Compare →
Arthasansar
19h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सिजन
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
4h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612