Trending
Prev Story
Next Story

‘पीएचपी’ कोडिङ प्रणालीमा सुरक्षा जोखिम, धेरैजसो सरकारी वेबसाइट ४ दिनदेखि बन्द

Arthasansar •
October 25, 2026 • 10:01 AM
3
3 reads 0 reactions

वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ कोडिङ प्रणालीमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम भेटिएपछि सम्भावित साइबर आक्रमणबाट बच्न गएको बिहीवार कात्तिक ५...

‘पीएचपी’ कोडिङ प्रणालीमा सुरक्षा जोखिम, धेरैजसो सरकारी वेबसाइट ४ दिनदेखि बन्द

वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ कोडिङ प्रणालीमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम भेटिएपछि सम्भावित साइबर आक्रमणबाट बच्न गएको बिहीवार कात्तिक ५ गतेदेखि नेपालका हजारौँ सरकारी वेबसाइट बन्द गरिएका छन् ।

वेबसाइट बन्द हुँदा नयाँ लाइसेन्सको अनलाइन फाराम, मालपोतको भू–सेवा र राजस्व अनुसन्धानको भीसीटीएसजस्ता अत्यावश्यक सेवाहरू ठप्प भएका छन् । नेपाल राष्ट्र बैंकको वेबसाइटसमेत बन्द हुँदा दैनिक विदेशी मुद्राको विनिमय दर र ब्याजदरसम्बन्धी जानकारी लिन सामाजिक सञ्जालको सहारा लिनुपरेको छ ।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ३–४ घण्टाभित्रै प्रणाली सुरक्षित बनाएर सेवा शुरू गरिसके पनि सरकारी निकाय भने ४ दिनदेखि अलमलमै देखिन्छन् । यसले सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । राहदानी विभाग, श्रम स्वीकृति र राष्ट्रिय परिचयपत्रजस्ता पीएचपी प्रयोग नभएका सेवा भने सञ्चालनमै छन् । राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सफ्टवेयर विकास केन्द्रका अनुसार अहिलेसम्म नेपालमा कुनै साइबर आक्रमण भने भएको छैन ।

प्रणालीलाई नयाँ र सुरक्षित संस्करणमा अद्यावधिक गरी प्राविधिक परीक्षण पछि भोलि वा पर्सिसम्ममा सबै वेबसाइट पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौँ । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि...

#प्रणाली #सुरक्षा
Compare →
Ekantipur
2d ago
बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा सहभागी वक्ताहरूले बहुप्रकोपको जोखिम र मानवीय क्षति कम गर्न पूर्वसूचनाको पहुँच विस्तार, प्रविधिको प्रयोग र संस्थागत समन्वय प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

#प्रणाली #जोखिम
Compare →
Nagarik News
44m ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#सुरक्षा
Compare →
Onlinekhabar
18h ago
त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

२७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन सबैमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ …

#प्रणाली
Compare →
Bizshala
21h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#प्रणाली
Compare →

Related Stories

Politics & Governance
Build #2612