Trending
Prev Story
Next Story

विराटनगरमा एक पुरुष मृत भेटिए

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

८ असाेज, विराटनगर । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन्। मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुल नजिकै ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत फेला परेका हुन् …

विराटनगरमा एक पुरुष मृत भेटिए

८ असाेज, विराटनगर । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन्।

मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुल नजिकै ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत फेला परेका हुन् ।

गुप्ता पछिल्लो ३० वर्षदेखि विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए । उनी भारतीय नागरिक रहेकाे बताइएकाे छ ।

सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरतर्फको खोला किनारमा आइतबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार मृत फेला परेका गुप्ता विराटनगर– ६ मा ब्याट्री मर्मतसम्बन्धी पसल सञ्चालन गर्दै आएका थिए ।

घटनाको प्रकृति हेर्दा हत्या गरेर शव फालिएको जस्तो देखिएको उनले बताए ।

‘बोराले बेरिएको अवस्थामा शव फेला परेकाले घटना शंकास्पद छ,’ डीएसपी खड्काले भने, ‘ विभिन्न कोणबाट विस्तृत अनुसन्धान गरिरहेका छौँ।’

घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्राविधिक टोली परिचालन गरेर प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#विराटनगर
Compare →
Nagarik News
17h ago
विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगर महानगरपालिका क्षेत्रभित्र जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढेको छ। भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो।

#विराटनगर
Compare →

Related Stories

World News
Build #2612