Trending
Prev Story
Next Story

बडादशैँ विधिवत समापन

Hamro Patro News •
October 25, 2026 • 06:35 AM
2
2 reads 0 reactions

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि प्रारम्भ भएको नेपालीहरूको महान चाड बडादशैँ आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजाआराधना गरी विधिवत ...

बडादशैँ विधिवत समापन

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि प्रारम्भ भएको नेपालीहरूको महान चाड बडादशैँ आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजाआराधना गरी विधिवत रूपमा समापन गरिँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार आजको दिन साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । ‘को जाग्रत’ अर्थात’ को जागेको छ ?’ भन्ने अर्थ बोकेको यस पर्वमा आजको रात जो व्यक्ति जागा रही भगवतीको आराधना गर्छ, उसैलाई धनधान्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको कलश, जमरा र देवीको प्रतिमालाई आज विधिपूर्वक विसर्जन गरिन्छ । आजका दिनसम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम पनि औपचारिक रूपमा सकिन्छ । कतिपय समुदायमा कोजाग्रत पूर्णिमाकै दिन साँझ कौडा वा पासा खेल्ने प्रचलन समेत रहिआएको छ । यसै अवसरमा आजैदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने कार्यको पनि शुभारम्भ हुन्छ । घरको आँगन वा देवालयमा बाँसको अग्लो लिङ्गो ठड्याएर त्यसमा दियो बाल्ने परम्परा छ, जसलाई पितृहरूको मार्गदर्शन तथा दिवङ्गत आत्माको शान्तिका लागि बालिएको मानिन्छ । विजयादशमीपछिको पूर्णिमासँगै बडादशैँको उल्लास सकिए पनि जनजीवन अब नेपालीहरूको दोस्रो ठूलो चाड तिहारतर्फ उन्मुख भएको छ । कोजाग्रत पूर्णिमाको समापनसँगै मुलुकभर तिहारको पूर्वतयारी र किनमेलको चहलपहल शुरु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
2w ago
आश्विन शुक्ल पूर्णिमाः कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

आश्विन शुक्ल पूर्णिमाः कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदै...

#आश्विन #शुक्ल #पूर्णिमा
Compare →
Onlinekhabar
3w ago
‘को जागा छ ?’ भनेर सोध्ने कोजाग्रत पूर्णिमा

‘को जागा छ ?’ भनेर सोध्ने कोजाग्रत पूर्णिमा

सनातन हिन्दु धर्ममा आसुरी वा नकारात्मक शक्तिविरुद्ध सकारात्मक वा दैवी शक्तिको विजय र पारिवारिक पुनर्मिलनको महिमा बोकेको महान् चाड बडादशैँको पन्ध्रौँ दिन अर्थात् आश्विन शुक्ल पूर्णिमालाई दशैँको समापन बिन्दुका रूपमा लिइन्छ। यस पवित्र रातमा धनधान्यकी अधिष्ठात्री …

#पूर्णिमा #बडादशैँ
Compare →
Nagarik News
2w ago
आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा र जाग्रामसँगै दसैँ समापन हुँदै

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा र जाग्रामसँगै दसैँ समापन हुँदै

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ।

#पूर्णिमा #समापन
Compare →

Related Stories

Technology
Build #2612