Trending
Prev Story
Next Story

बंगालको खाडीमा विकसित प्रणालीको मुख्य असर नेपालमा बिहीबार रातिदेखि

Ekantipur •
October 25, 2026 • 07:00 AM
2
2 reads 0 reactions

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले बुधबारदेखि नेपालको मौसममा बदली हुने, बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म वर्षाको प्रभाव अझ बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बंगालको खाडीमा विकसित प्रणालीको मुख्य असर नेपालमा बिहीबार रातिदेखि

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले बुधबारदेखि नेपालको मौसममा बदली हुने, बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म वर्षाको प्रभाव अझ बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ — बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले बुधबारदेखि नेपालको मौसममा बदली हुने र बिहीबारदेखि वर्षाको प्रभाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् रोजन लामिछानेले बुधबारदेखि नै बादल लाग्ने र केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको बताए । हिमाली भेगका केही स्थानमा हिमपात पनि हुन सक्ने उनको भनाइ छ । 'बुधबार बादल लाग्ने, कतैकतै छिटपुट वर्षा हुने देखिन्छ । हिमाली केही ठाउँमा हिमपात पनि हुने सम्भावना छ,' आइतबार बिहानको मौसमी बुलेटिनमा उनले भने, 'बिहीबार यसको प्रभाव अझ बढ्छ । दिउँसोबाट कोशी, बागमती, गण्डकीका हिमाली जिल्लाका केही भूभाग र पहाडी भूभागमा पानी पर्न सक्छ ।'

लामिछानेका अनुसार बिहीबार रातिदेखि शुक्रबार र शनिबार दिउँसोसम्म नेपालमा प्रणालीको प्रभाव बढी देखिनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा वर्षाको प्रभाव पर्ने भए पनि पश्चिमतर्फ यसको असर कम हुने अनुमान छ ।

अहिले पर्वतारोहण र धान काट्ने समय भएकाले बेलैमा साधानी अपनाउन पनि उनले सुझाव दिए । 'पदयात्री घुम्न जाँदै हुनुहुन्छ भने सतर्क रहनुहोला । यो अवधिमा हिमाली जिल्लामा पैदलयात्री र पर्यटकले सावधानी अपाउनुपर्ने हुन्छ,' उनले भने, 'गएकाहरु पनि सुरक्षित स्थानमा आएर बस्नुहोला । बिहीबारदेखि शनिबारसम्म प्रभाव बढी देखिने भएकाले त्यो समयअघि नै धान थन्क्याए राम्रो हुन्छ वा प्रभाव सकिएपछि योजना बनाउनुहोला ।'

मौसमविद् विनोद पोखरेलले पनि विभिन्न मौसमी मोडेलले वर्षाको सम्भावना एकै खालको देखाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विश्लेषणअनुसार पनि बिहीबारदेखि शनिबारसम्म वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी रहनेछ । काठमाडौंलगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा वर्षाको जोखिम हुन सक्ने उनको आकलन छ ।

'बुधारबारदेखि नै बादल लाग्न थाल्छ । तर बिहीबारदेखि सबैजसो ठाउँमा भारी वर्षाकै सम्भावना रहेको छ,' सामाजिक सञ्जालमा भिडियोमार्फत उनले भने, 'सुदूरपश्चिम र कर्णालीमा असर कम भए पनि लुम्बिनीका पूर्वी भूगागदेखि कोशीसम्म नै भारी वर्षाको सम्भावना देखिन्छ । प्रभावित ५ प्रदेशका २९ जिल्ला जोखिममा रहने पनि उनले विश्लेषण गरेका छन् ।

बंगालको खाडीको न्यूनचापीय प्रणाली नेपालको मौसममा प्रभाव पार्ने क्रममा माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया भए वर्षाको मात्रा बढ्न सक्ने पोखरेलको विश्लेषण छ । यसबाट खेतमै रहेको पाकेको धान र काटेर सुकाउन राखेको बालीमा क्षति पुग्न सक्ने भएकाले किसानलाई बेलैमा तयारी गर्न उनले आग्रह गरेका छन् ।

विभागका मौसमविद् डेभिड ढकालले पनि बंगालको खाडीबाट विकसित भएको प्रणालीको प्रभाव नेपालमा देखिने बताए । उनका अनुसार सुरुमा कोशी, मधेश, बागमती र गण्डकी आसपासका क्षेत्रमा प्रभाव देखिन सक्ने र क्रमशः पश्चिमतर्फ फैलिन सक्ने सम्भावना छ । तर वर्षाको मात्रा र जोखिमको स्तर अहिले नै यकिन गर्न नसकिने उनको भनाइ छ  ।

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको मध्यपूर्वी तथा आसपासको दक्षिणपूर्वी क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ । आइतबार गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने र सोमबार बिहानसम्म मध्यपश्चिमी बंगालको खाडीमा चक्रवात बन्ने सम्भावना रहेको विभागले जनाएको छ ।

पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्ने क्रममा प्रणाली थप शक्तिशाली हुँदै बुधबार बिहानसम्म आन्ध्र प्रदेशको तटनजिक पुग्ने अनुमान छ । यसले भारतको उत्तर आन्ध्र प्रदेश र आसपासको दक्षिण ओडिशा तटीय क्षेत्र पार गर्ने सम्भावना छ ।

नेपालबाट अक्टोबर १४ मा मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । त्यसपछि खुलेको मौसममा बंगालको खाडीमा विकसित प्रणालीका कारण फेरि वर्षा र हिमपातको सम्भावना देखिएको हो ।

फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
52m ago
तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्ने। कार्तिक २८, २०८३ वि...

#प्रणाली
Compare →
Onlinekhabar
1h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#प्रणाली
Compare →
Bizshala
13h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#विकसित
Compare →
Nagarik News
19h ago
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#प्रणाली
Compare →
Arthasansar
22h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

Technology
Build #2612